Photo Source : CINEC Campus

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना-दोस्रोको सहयोगमा वर्ल्ड वाइड टेक्निकल प्रा.लि संस्थाबाट विभिन्न प्राविधिक विषयहरूमा निःशुल्क तालिम हुने भएको छ। उक्त तालिम लिनका लागि इच्छुक व्यक्तिहरूले निवेदन बुझाउनु पर्ने हुन्छ। समयमा नै निवेदन बुझाइ तालिम लिने अवसर सुरक्षित गर्न सजिलो होस् भनेर यो सूचना प्रकाशित गरेका छौँ।

कसले निवेदन दिन पाउनेछन्?

  • १६ देखि ४० वर्ष भित्रका सामाजिक तथा आर्थिक रूपले विपन्न तर पढ्न लेख्न जान्ने नेपाली नागरिकले पाउँछन्

तालिम के विषय, कति जनालाई र कहाँ दिइन्छ?

विषय

   तलिम लिनेकोसंख्या

तालिम हुने ठाउँ

प्लम्बर/वेल्डिङ इलेक्ट्रिसियन (हाउस वायरिङ) तह-१

   ४०/४०/ २० जना

कोहलपुर- ९ भवानीपुर / कोहलपुर-५ घिमिरेनगर, बाँके

मोबाइल रिपेयर टेक्निसियन तह-१

    २० जना

कोहलपुर-५ घिमिरेनगर, बाँके

टेलरिङ (सिलाई कटाई) तह-१

    २० जना

कोहलपुर-५ घिमिरेनगर, बाँके

केके कागजात चाहिन्छ?

  • नेपाली नागरिकताको फोटोकपी
  • सामाजिक तथा आर्थिक रूपले विपन्न हो भने त्यसलाई  प्रमाणित गर्ने कागजपत्र

निवेदन फारम कहाँबाट लिने?

फारम वर्ल्ड वाइड टेक्निकल प्रा.लि, कोहलपुर-९ , बाँकेबाट लिन सकिन्छ।

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

निवेदन यही मिति २०७५ चैत्र १७ गते भित्र बुझाइसक्नु पर्छ।

कसलाई प्राथमिकता दिइनेछ?

  • क वर्ग: दलित (महिला तथा पुरुष), विशेष समूह (एकल महिला र अपाङ्गता भएका व्यक्ति), लोपोन्मुख जनजाति, अति सीमान्तकृत जनजाति, पूर्व कमैया (कमलर/ कमलरी) र पूर्व हलिया
  • ख वर्ग: गरिब महिलाहरू (दलित बाहेक), सीमान्तकृत, अन्य जनजाति, मुस्लिम, मानव विकास सूचकांकको आधारमा पछि परेका जिल्लाका गरिब युवाहरू र गरिब मधेसी पुरुषहरू
  • ग वर्ग: अन्य गरिब पुरुषहरू

कहाँ सम्पर्क गर्ने?

वर्ल्ड वाइड टेक्निकल प्रा.लि, कोहलपुर, बाँके: ९८४८०५७५४५, ९८५८०७७९४८

सूचना जस्ताको त्यस्तै:



0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल