व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, गण्डकी प्रदेश, पोखराबाट ४५ दिने निःशुल्क सैलुन (कपाल काट्ने) तालिम आयोजना हुने भएको छ। इच्छुक व्यक्तिहरूले आवेदन फारम भरेर तालिम लिन सक्नेछन्। सहभागीहरू अन्तर्वार्ताबाट छनौट गरिनेछ। छनौट भएका सहभागीहरूलाई तालिम अवधिमा खाजा र भत्ताको व्यवस्था कार्यालयले नै गर्ने जानकारी गराएको छ।
कसले निवेदन दिन पाउँछन्?
- १८ वर्ष पुगी ४० वर्ष ननाघेका इच्छुक व्यक्तिहरूले निवेदन दिन पाउँछन्
कति जनाले तालिम लिन पाउँछन्?
- २० जनाले तालिम लिन पाउँछन्
फारम बुझाउने अन्तिम मिति कहिले हो?
- फारम यही मिति २०७६ साल ज्येष्ठ ६ गते साँझ ५ बजेसम्ममा बुझाउनु पर्छ।
अन्तर्वार्ता कहिले हुन्छ?
- यही मिति २०७६ साल ज्येष्ठ ६ गते साँझ ५ बजेबाट अन्तर्वार्ता सुरु हुनेछ।
अन्तर्वार्ताको नतिजा कहिले प्रकाशन हुन्छ?
- अन्तर्वार्ता कै दिन अर्थात् २०७६ साल ज्येष्ठ ६ गते बेलुकी ७ बजे नतिजा प्रकाशन हुनेछ।
नोट: महिलाहरूलाई विशेष प्राथमिकता दिइनेछ।
कहाँ सम्पर्क गर्ने?
थप जानकारीका लागि दिइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ: ०६१-४६०५११
सूचना जस्ताको त्यस्तै हेर्नुहोस्: