भैंसेपाटी, ललितपुरको व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले ४ किसिमका नि:शुल्क सीप विकास तालिमहरू दिने भएको छ। उक्त प्रतिष्ठानबाट तालिम लिनका लागि इच्छुक नागरिकहरूलाई निवेदन दिन अनुरोध गरिएको छ। तालिम लिन कुनै पैसा नलागे पनि खान र बस्नको व्यवस्था भने सहभागीले आफैँ गर्नुपर्नेछ। तालिमका बारेमा थप जानकारी लिनका लागि यो लेख पढ्नुहोस्।
कसले निवेदन दिन पाउँछन्?
१८ वर्ष काटेर ३० वर्ष नकटेका इच्छुक युवाहरूले निवेदन दिन पाउँछन्। एकल महिला, अपाङ्ग तथा द्वन्द्व पीडित हो भने ४० वर्ष सम्म पनि निवेदन दिन पाउँछन्।
सहभागी केका आधारमा छनौट हुन्छन्?
सहभागी अन्तर्वार्ताका आधारमा छनौट हुन्छन्।
केके विषयमा तालिम हुन्छ?
क्र.सं. |
तालिमको विषय |
न्युनतम शैक्षिक योग्यता |
अन्तर्वार्ता हुने मिति |
१. |
अटोमेकानिक्स |
८ कक्षा पास भएको |
२०७६/०८/०३ |
२. |
मोटरसाइकल मर्मत |
८ कक्षा पास भएको |
२०७६/०८/०४ |
३. |
इलेक्ट्रोनिक्स मर्मत |
१० पास भएको |
२०७६/०८/०५ |
४. |
केश शृङ्गार |
८ पास भएको |
२०७६/०८/०६ |
केके कागजात चाहिन्छ?
- स्पष्ट रूपमा भरेको निवेदन फारम
- नेपाली नागरिकताको फोटोकपी
- शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी
तालिम कहाँ र कहिले हुन्छ?
तालिम यही मङ्सिर ११ गते ललितपुरको व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैंसेपाटीमा हुन्छ।
तालिम अवधि कति हुन्छ?
तालिम अवधि ३ महिना (३९० घण्टा) को हुन्छ।
निवेदन फारम कहाँबाट लिने र कहाँ बुझाउने?
निवेदन फारम ललितपुरको व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैंसेपाटीमा गएर वा यो लिङ्कमा क्लिक गरेर अनलाइन भर्न र बुझाउन सकिन्छ।
निवेदन कहिलेसम्म बुझाइसक्नुपर्छ?
निवेदन यही मिति २०७६ मङ्सिर ९ गते भित्र बुझाइसक्नुपर्छ।
थप जानकारीका लागि यहाँ सम्पर्क गर्नुहोस्:
व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, भैंसेपाटी, ललितपुर: ०१-५५९०८००, ०१-५५९०८९४, ०१-५५९०२५४
नोट: विपन्न, दलित, अपाङ्ग, सहिद परिवार, एकल महिला र पिछडिएका क्षेत्रका व्यक्तिहरूलाई प्राथमिकता दिइन्छ।
सूचना जस्ताको त्यस्तै हेर्नुहोस्: