Photo Source : Training Nepal

घरेलु तथा साना उद्योग कार्यालय, कास्कीको चालु आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रम अनुसार आर्थिक तथा सामाजिक रुपले पछि परेका विभिन्न समुदायका जात, जाति, वर्ग वा समूह वा व्यक्तिलाई रोजगारीमुलक सीप विकास तथा उद्यमशीलता विकास कार्यक्रमको आयोजना हुने भएको छ।

कार्यालयबाट कास्की जिल्लामा बस्ने इच्छुक नेपाली नागरिकहरुलाई समयमै आवेदन दिइ तालिम लिनका लागि अनुरोध गरिएको छ।

 क-कसले आवेदन दिन पाउछन्?

  • कास्की जिल्लाका आर्थिक तथा सामाजिक रुपले पछि परेका विभिन्न समुदायका जात, जाति, वर्ग वा समूह वा व्यक्तिहरुले दिन पाउछन्  

 के के कागजात चाहिन्छ?

  • स्पष्ट रुपमा भरेर रु. १० को हुलाक टिकट टासिएको आवेदन फारम
  • आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी  

 आवेदन बुझाउने अन्तिम मिति कहिले हो?

यहि मिति २०७५/०९/२१ गते भित्रमा आवेदन दिसक्नुपर्छ।

 कस्ता तालिम, कति जनालाई र कति दिनसम्म हुन्छ? 

क्र.स

       तालिमको विषय

        अवधि

सङ्ख्या

   शैक्षिक योग्यता

    परिक्षाको किसिम

 कैफियत

१.

     उद्यमशीलता विकास तालिम

       १० दिन

 १२० जना

   साधारण लेखपढ

       अन्तर्वार्ता

 

२.

    हाउस वायरिंग

       ३ महिने

  केहि

   १० कक्षा उत्तीर्ण

       अन्तर्वार्ता

 

३.

    प्ल्म्बीङ्ग

       ३ महिने

  केहि

   १० कक्षा उत्तीर्ण

       अन्तर्वार्ता

 

४.

    कुकिङ

       ३ महिने

  केहि

   १० कक्षा उत्तीर्ण

       अन्तर्वार्ता

 

५.

    बरिष्टा (कफी बनाउने)

       १५ दिने

  केहि

   १० कक्षा उत्तीर्ण

       अन्तर्वार्ता

 

६.

  भगत सर्वजित सिप विकास तालिम (दलित     विशेष)

  छनौट भएको विषय   अनुसार

 १०० जना

   साधारण लेखपढ

       अन्तर्वार्ता

मागमा आधारित विषय

 नोट

  • तालिममा सहभागी छनौट गर्दा कास्की जिल्ला भित्र बसोबास गर्ने महिला, मधेशी, अपाङ्ग, द्वन्दपिडित, दलित, जनजाती, सहिदका परिवार र पिछडिएका वर्ग र क्षेत्रका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइनेछ।
  • उपयुक्त सङ्ख्यामा आवेदन प्राप्त नभएमा वा अन्य कारणबाट तालिम कार्यक्रम संचालन हुन नसक्ने भएमा तालिम कार्यक्रम रद्द वा परिवर्तन गर्न सकिनेछ।
  • आवश्यक परेमा परिक्षार्थी छनोट गर्दा लिखित परिक्षा समेत लिन सकिनेछ।
  • तालिम अवधिभर अनुशासित भै तालिममा सहभागी हुन अनिवार्य शर्त हुनेछ।
  • परिक्षा कार्यक्रम सम्पर्क मितिमा जानकारी गराइनेछ।

 कहाँ सम्पर्क गर्ने?

फोन:०६१५३१२८७, ०६१५२०२०४

सूचना जस्ताको त्यस्तै:

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल