राष्ट्रिय युवा परिषदको शैक्षिक प्रमाण पत्र धितो राखी उद्यम सञ्चालन गर्न बिना ब्याज ऋण दिने वार्षिक कार्यक्रम अनुसार ऋण लिनका लागि आवेदन दिने सम्बन्धी परिषदले सुचना प्रकाशन गरेको छ । 

साधरण शिक्षामा कम्तिमा स्नातक तह र प्राविधिक शिक्षामा कम्तिमा डिप्लोमा उत्तीर्ण गरि बेरोजगार रहेका देशैभरका ३५ (प्रत्येक प्रदेशबाट ५/५) जना युवालाई बिना ब्याज दुई लाख (२,००,०००) ऋण उपलबध गराइने भएको छ । त्यसका लागि आफुले सुरु गर्न लागेको व्यवसायको व्यावसायिक योजना संलग्न गरि दिइएको ढाँचा अनुरुपको निवेदनका साथ पठाउनु पर्नेछ ।

निवेदन २०७५ असार १९ गते भित्र बुझाईसक्नु पर्नेछ । थप जानकारी राष्ट्रिय युवा परिषदको वेबसाइट www.nyc.gov.np मा गएर पनि पाउन सकिन्छ अथवा आफ्नो जिल्लाको जिल्ला युवा समितिका कार्यालयमा पनि सम्पर्क राख्न सकिनेछ । जिल्ला युवा समितिको कार्यालय वा सिधै राष्ट्रिय युवा परिषदको कार्यालय, त्रिपुरेश्वरमा पनि ऋणका लागि आवेदन दिन सकिन्छ ।

निवेदनका साथमा उल्लेखित कागजात संलग्न गर्नुपर्नेछ ।

  • नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि
  • शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि
  • चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • लक्षित समूह खुल्ने प्रमाणपत्रको प्रतिलिपि
  • पछिल्लो पटक अध्ययन गरेको शिक्षण संस्थाको सिफारिस
  • उद्यम सञ्चालन हुने स्थानीय तहको सिफारिस
  • समूहमा उद्यम सञ्चालन गर्ने भए संस्था दर्ता, नवीकरण, प्रबन्धपत्र र नियमावलीका प्रमाणित प्रतिलिपि (समुहमा उद्यम सञ्चालन नगर्ने भएमा यो आवश्यक पर्दैन) । 

 

Attachments:
FileDescriptionFile size
Download this file (nirdeshikanyc.pdf)निर्देशिकानिर्देशिका 773 kB
Download this file (niwedannyc.pdf)निवेदन र व्यावसायिक योजनाको ढाँचानिवेदन र व्यावसायिक योजनाको ढाँचा370 kB
0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल