सरकारले ‘कृषि युवा उद्यम कार्यक्रम’ यसै वर्ष सञ्चालन गर्ने भएको छ। २० लाखसम्म अनुदान दिन सक्ने गरि उक्त अनुदान दिन लागेको हो। सरकारले यो कार्यक्रम विदेश जान लागेका युवा साथै विदेश गएर फर्किएका युवालाई नेपालमै केही गर्ने वातावरण बनाउनको लागि दिन लागेको हो। 

यस कार्यक्रम सञ्चालनका लागि अर्थ मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ५० करोड रकम दिएको छ। यो कार्यक्रम सातै प्रदेशका २० देखि २५ वटा जिल्लाका ५ सय किसानबाट सुरु गर्न लागिएको हो।

क-कसले निवेदन दिन पाउँछन्?

  • १८ देखि ४५ वर्षसम्म उमेर भएको हुनुपर्छ।
  • तोकिएको जिल्लाको कृषकले मात्र दिन पाउँछन्।
  • कार्यक्रममा नयाँ पुराना सबै व्यवसायीले आवेदन दिन सक्नेछन्।
  • कानुन अनुसार अयोग्य ठहरिएको हुनुहुँदैन।
  • विदेश जान लागेका वा विदेश गएर आएकालाई विशेष प्राथमिकता पाउँछन्।

कुन कुन परियोजनामा अनुदान पाइन्छ?

 

कति सम्म अनुदान पाइन्छ?

अनुदान बढीमा २० लाख रुपैयाँसम्म पाइन्छ। यो अनुदान रकम पुँजीगत खर्च जस्तै पूर्वाधार निर्माण, मेसिनरी औजार खरिद, उन्नत नश्लको पशु तथा बिउ खरिद गर्न प्रयोग गर्न सकिन्छ। तर ढुवानी साधन खरिदको लागि प्रयोग गर्न भने पाइँदैन।

कार्यक्रममा कुन–कुन जिल्ला सहभागी हुन पाउँछन्?

प्रदेश

जिल्ला

प्रदेश १

सुनसरी, झापा, भोजपुर र ताप्लेजुङ

प्रदेश २

रौतहट, सर्लाही र बारा

प्रदेश ३

धादिङ, सिन्धुपाल्चोक, चितवन र काठमाडौं उपत्यका

गण्डकी

बाग्लुङ, पर्वत, गोरखा र पूर्व नवलपरासी

प्रदेश ५

गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, कपिलवस्तु र पूर्व रूकुम

कर्णाली

सल्यान र पश्चिम रूकुम

सुदुर पश्चिम

कञ्चनपुर र कैलाली

 

कसरी दिने निवेदन?

  • कार्यक्रममा सहभागी हुन अनलाइनमार्फत निवेदन दिन सकिन्छ। 
    • यसका लागि सफ्टवेयर निमार्ण भइरहेको छ।
  • अनलाइन फर्म भर्न सम्भव नभएमा कृषि विभाग वा प्रधानमन्त्री कृषि आधुनिकीकरणको कार्यालयमा समेत निवेदन दिन सकिन्छ।

के के कागजात चाहिन्छ?

  • आवेदकको नागरिकताको प्रतिलिपि
  • आफ्नो जग्गा भए लालपुर्जाको प्रतिलिपि र भाडामा भए सम्झौताको न्यूनतम ५ वर्षको बहालको प्रमाणपत्र
  • कुल लागतको कम्तीमा ५० प्रतिशत व्यहोर्ने क्षमता रहेको पुष्टि हुने प्रमाणपत्र
  • स्थानीय तहको सिफारिस पत्र
  • विगत ३ वर्षमा नेपाल सरकारका कुनै पनि निकायबाट सम्झौता गरी न्यूनतम ३ लाख वा सो भन्दा बढी उस्तै प्रकृतिको कार्यक्रम अनुदान प्राप्त नगरेको स्व घोषणा पत्र

अनुदान दिन कृषक कसरी छानिन्छन्?

  • निवेदन दिएपछि सुरुमा वैदेशिक रोजगारका क्रममा पुगेको देश, छानिएको परियोजना, लगानीको आधारमा आवेदन छानिन्छ।
  • छानिएको आवेदक मध्ये कार्यक्रम कार्यान्वयन इकाईले फिल्ड समन्वय इकाईको सहयोगमा प्रस्तावहरूको स्थलगत जाँच गर्नुका साथै प्रस्ताव मूल्याङ्कन गर्छन्।
  • यही जाँचका आधारमा सो इकाईले अन्तिम सूचि प्रकाशन गर्छ।
  • सूचिमा भएका अनुदान ग्राहीलाई कार्यक्रमको उद्देश्य तथा छानिएको परियोजना बारे तालिम दिइन्छ।

अनुदान कसरी दिइन्छ?

  • छनौट भएका कृषि उद्यमी युवालाई आधा लगानी सरकारले हालिदिन्छ भने आधा लगानी कृषक आफैले हाल्नुपर्छ। 
  • सरकारले हालिदिएको रकम फिर्ता गर्नुपर्दैन। 
    • यो रकम कृषि विकास बैङ्कमार्फत भुक्तानी हुन्छ।
  • सुरुको २५ प्रतिशत लगानी कृषक आफैले गर्नुपर्छ। त्यसपछिको २५ प्रतिशत सरकारले हालिदिन्छ। तेस्रो किस्ताको २५ प्रतिशत फेरी कृषक हाल्नुपर्छ र अन्तिम २५ प्रतिशत लगानी सरकारबाट हुन्छ।
    • यसरी सुरुमा लगानी गर्न नसक्नेलाई अनुदान दिइँदैन। त्यसको लागि कृषि क्षेत्रमा केही न केही गरिरहेको भने हुुनुपर्छ।

थप ध्यान दिनुपर्ने कुराहरू:

  • आवेदकले सम्झौता गर्नु पूर्व बाली, पशुधन तथा माछा बिमा गरेको हुनुपर्छ।
    • बिमाको प्रावधान नभएको हकमा बिमा अनिवार्य हुँदैन।
  • प्रगति विवरण चौमासिक रूपमा सूचना प्रणाली सफ्टवेयरमा राख्नुपर्छ। 
    • सरकारले सोही आधारमा अनुगमन गर्छ।
  • कार्यक्रमलाई कम्तीमा तीन वर्षसम्म निरन्तरता दिनुपर्छ।

स्रोत: कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ‘कृषिमा युवा कार्यक्रम सञ्चालन प्रक्रिया, २०७६’

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल