Photo Source : The Kathmandu Post

सरकारले केही समय अघि मात्र १ हजारभन्दा बढीको कारोबार गर्ने सबै व्यक्ति अनिवार्य प्यानमा दर्ता हुनुपर्ने नियम ल्याएको थियो। हालसालै यो नियममा केही परिवर्तन ल्याएको छ। सरकारले अनिवार्य प्यानमा दर्ता हुनुपर्ने व्यक्तिको लागि कारोबार सीमा बढाएको छ। 

अब २ हजार रुपैयाँ भन्दा बढी खर्च गर्नेले मात्र स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ। चालु आर्थिक वर्षमा १ हजार रुपैयाँ कायम गरिएकोमा आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सीमा बढाइएको हो।

क-कसलाई प्यान अनिवार्य छैन?

  • घरायसी प्रयोजनको  सामान खरिद गर्दा
  • व्यावसायिक कारोबार नगर्ने कृषकसँग सोझै कृषिजन्य, वनजन्य र पशुजन्य वस्तुको खरिद गर्दा
  • दैनिक मजदुरी गर्ने र पटके प्रकृतिको काम गर्नेले एक पटकमा ३ हजार भन्दा कम ज्याला कमाउने भएमा
  • २ हजार भन्दा कमको कारोबार हुँदा

सरकारले तलब भुक्तानीको लागि प्यान अनिवार्य गरेपछि थुप्रै व्यक्ति असन्तुष्ट थिए। सरकारले पर्याप्त पूर्वाधार बिना नै नियम बनाएको भन्ने गुनासो धेरै जसो व्यवसायीको थियो। त्यसैको समाधान स्वरूप सरकारले सो नियममा परिवर्तन ल्याएको हो।

स्रोत: अन्नपूर्ण पोस्ट, बिजमान्डू

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल