स्वदेशी उद्योग तथा उत्पादनको संरक्षण र प्रोत्साहन गर्नका लागि सरकारले बाहिरी देशबाट आयात हुने केही वस्तुका मूल्यहरूमा हेरफेर गरेको छ। त्यी वस्तुहरू मध्ये केहीको भन्सार मूल्य कम भएको छ जसका कारण व्यापारीहरू उत्साहित भएका छन्।

केकेमा कति प्रतिशतले भन्सार मूल्य घट्यो?

  • चल्ला कोरल्न ल्याइने निषेचित (Fertilized) फुलमा लाग्ने भन्सार महसुल ५०%ले
  • तयारी रङ्ग उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ एक्रेलिक इमल्सनमा १०%ले
  • १२ प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा भएको स्वदेशी फलफूलको रसबाट तयार गरिएको वाइनको अन्तःशुल्कको दरमा ३०%ले

भारत र चीनसहित विभिन्न १४ अरू देशबाट आयात गरिने कफी र कफी मिसिएको वस्तुमा भने अन्तःशुल्क थपेर १०% लगाइएको छ जसका कारण स्वदेशी कफी व्यवसायीहरूले लाभ उठाउन सक्छन्।

सरकारले लागु गरेको यो नियमले कुखुरापालक, वाइन, कफी र तयारी रङ्ग उत्पादन गर्नेहरूलाई व्यवसाय गर्न सजिलो बनाइदिएको छ।

स्रोत: अनलाइन खबर  

तपाईँको विचारमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि अरू केके गर्न सकिन्छ होला?

 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल