Photo Source : iPay Digital Wallet

आन्तरिक राजस्व विभागले इलेक्ट्रोनिक पेमेन्ट मार्फत गरिने खरिदमा १०% भ्याट(VAT) फिर्ता गर्ने भनी प्रतिवेदन तयार पारेको छ। यो नियम लागु भइसकेपछि ई-सेवा, आइएमई पे, प्रभु पे, खल्ती आदि लगायतका मोबाइल वालेटमार्फतबाट सामान किनेर भुक्तानी गर्दा तपाईँले तिर्नुभएको रकमको १०% उतिखेरै तपाईँको खातामा फिर्ता आउँछ।

तर बैङ्कको क्रेडिट र डेबिट कार्डबाट भुक्तानी गर्ने हो भने यो सेवा पाइँदैन।

किन बैङ्किङ कार्डबाट पाइँदैन?

  • नेपाली बैङ्कहरूले प्रयोग गर्ने डेबिट र क्रेडिट कार्ड विदेशी कम्पनीहरूले बनाएका हुन्छन्। यी कार्डहरू (भिसा कार्ड, मास्टर कार्ड) मा हामीले खरिद गरेको सामानको बिल ट्रयाक गर्ने क्षमता छैन।
  • नेपाली बैङ्कहरूले सञ्चालन गरेका कार्डहरूमा यो नियम लागु गर्न राष्ट्र बैङ्कले प्रणाली विकास गर्नुपर्ने हुन्छ जुन अहिलेसम्म तयार भएको छैन।

कसरी फिर्ता हुन्छ?

उदाहरणका लागि तपाईँले २००० को सामान किन्नुभयो र इ-सेवाबाट पेमेन्ट गर्नुभयो। २००० को १३% अर्थात् २६० रुपैयाँ भ्याट जोडियो भने सो भ्याट रकमको १०% अर्थात् २६ रुपैयाँ तपाईँको खातामा फिर्ता हुन्छ। तपाईले पैसा तिर्ने बित्तिकै तुरुन्तै फिर्ता भइहाल्छ।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल