सरकारले विभिन्न सात वटा शीर्षकमा सहुलियतपूर्ण कर्जा दिँदै आएको छ। कर्जाका लागि निवेदन दिनेहरू मध्ये कतिले पाए भने कति खाली हात नै बसेका छन्। तपाईँले पनि कर्जाका लागि निवेदन दिनुभएको थियो? पाउनुभयो कि भएन त? यो कर्जा पाइन्छ कि पाइँदैन भन्ने कुरामा पनि धेरैलाई शङ्का नै थियो। आजको यो लेखमा हामी उक्त कर्जा कति जनाले र कति पाए भनेर जानकारी लिन्छौं।

राष्ट्र बैङ्कले असोजसम्म सो कर्जा पाउने व्यक्तिहरूको सङ्ख्या प्रकाशित गरेको छ। उक्त तथ्याङ्क हेर्ने हो भने असोजसम्म २० हजार भन्दा बढीले यो कर्जा पाइसकेका छन्। सबै शीर्षक गरी कुल ३९ अर्ब ३० करोड रुपैयाँ कर्जा वितरण भएको छ। कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या सबैभन्दा धेरै छ। यो कर्जा १८ हजार ८ सय ५ जनाले लिएका छन् र यसका लागि बैङ्कहरूबाट ३८ अर्ब २० करोड कर्जा जारी भएको छ। त्यसै गरी १ हजार ८ सय ५४ जनाले बाँकी ६ किसिमका कर्जा लिएका छन्। यी ६ शीर्षकको कर्जा लिनेहरूका लागि बैङ्कबाट १ अर्ब १० करोड कर्जा जारी भएको छ।

कर्जाको शिर्षक 

           सङ्ख्या 

व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा

           १८८०५

शिक्षित युवा स्वरोजगार कर्जा 

             ३५

विदेशबाट फर्केका युवा परियोजना कर्जा

             ८०

महिला उद्यमशीलता कर्जा 

           १३९५

दलित समुदाय व्यवसाय विकास कर्जा 

            १०४

उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा 

            ६५

भूकम्पपीडितका लागि निजी आवास कर्जा 

           १७५

 

सहुलियतपूर्ण कर्जाका लागि निवेदन कसरी दिने भन्ने बारे जान्नका लागि माथि तालिकामा भएको निलो रङ्गमा लेखिएको शिर्षकमा क्लिक गर्नुहोस्।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल