प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(CTEVT) र ट्रेनिङ सेन्टर नेपालद्वार नि:शुल्क तालिम सुरु हुने भएको छ । तालिममा वेल्डिंग(आर्क, ग्यास, टिग/मिग) को सीप सिकाइन्छ र यसका लागि कुनै शैक्षिक योग्यता आवश्यक पर्दैन । १० महिनासम्म तालिम दिएर सीप परिक्षण गरेपछि तालिम दिने संस्थाबाटै चितवन र बुटवलका “सेफ स्टिलस्” कम्पनीमै रोजगारीको पनि सुनिश्चितता गरिने जनाइएको छ । १८ वर्ष माथिका जो कोहिले पनि आवेदन दिन पाउनेछन । तालिमका लागी आवेदन दिने अन्तिम मिति जेठ १३ गते सम्म रहेको छ । आवेदन दिनका लागि ट्रेनिंग सेन्टर नेपालको कार्यालय, भरतपुर, चितवनमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
फारम भर्ने अन्तिम मिति - १३ जेठ २०७५
तालिम अवधि - १० महिना (त्यसपछि सिप परिक्षण गरि रोजगारी दिइने)
शैक्षिक योग्यता - आवश्यक छैन
उमेर - १८ वर्ष नाघेको हुनुपर्ने
स्थान - ट्रेनिंग सेन्टर नेपाल, भरतपुर, चितवन
सम्पर्क नं - 056-523023, 9802929116