Photo Source : BHARTIYA SKILL DEVELOPMENT UNIVERSITY JAIPUR

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो (EVENT II) ले ३८ वटा विभिन्न पेशा सम्बन्धी काठमाडौँ, भक्तपुर र ललितपुरमा नि:शुल्क तालिम दिने भएको छ। इच्छुक युवाहरूले अनलाइन मार्फत निवेदन फारम भरेर तालिम लिन सक्छन्।

कसले निवेदन दिन पाउँछन्?

१६ वर्ष पुगेर ४० वर्ष नकाटेका गरिब तथा बेरोजगार नेपाली युवाहरूले निवेदन दिन पाउँछन्।

केके विषयमा तालिम दिइन्छ?

निवेदन फारम कहाँबाट भर्ने?

फारम व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो (EVENT II) को वेबसाइट http://event.gov.np/en-at-6-1.aspx मा गएर अनलाइन मार्फत भर्न सकिन्छ।

तालिम कति समयको हुन्छ?

तालिम ३ महिना (३९० घण्टा) को हुन्छ।

कसरी निवेदन दिने?

सबैभन्दा पहिले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो (EVENT) को वेबसाइट http://event.gov.np/en-at-6-1.aspx  मा जानुहोस्

  • स्क्रिनको माथिल्लो भागमा भएको ‘भौचरमा आधारित तालिममा सहभागी हुन आवेदन फाराम भर्ने सम्बन्धी सूचना’ मा क्लिक गर्नुहोस्।
  • त्यहाँ देखिएको ‘फाराम भर्न यहाँ क्लिक गर्नुहोस्’ मा थिच्नुहोस्।
  • ‘चालु अवस्थामा रहेको आफ्नै मोबाइल नं लेख्नुहोस्’ भएको ठाउँमा आफ्नो मोबाइल नम्बर हाल्नुहोस्।
    • यो फारम भर्दा एउटा मोबाइल नम्बरबाट एउटा मात्र फारम भर्न मिल्छ। त्यसैले नम्बर हाल्दा ध्यान पुर्‍याउनुहोला।
  • स्क्रिन आएका सबै विवरण राम्ररी भर्नुहोस्।
    • के के भर्ने जान्न यो लिङ्कमा जान सक्नुहुन्छ।
    • टाइप गर्दा सबै ठाउँमा अङ्ग्रेजीमा टाइप गर्नुपर्छ।
    • सबै विवरण सत्य र प्रष्ट्र रूपमा भर्नुपर्छ। झुठो ठहरिएमा जुनसुकै बेला पनि आवेदन रद्द हुनु साथै प्रचलित कानुन बमोजिम कारबाही समेत हुनसक्छ।
  • सबै विवरण भरेपछि ‘Submit Application” मा क्लिक गर्नुहोस्।
    • यसो गर्दा सबै विवरण सेभ हुन्छ।
    • तपाईँले भर्नुपर्ने कुनै विवरण खाली रहेमा विवरण सेभ हुँदैन र के कारणले सेभ नभएको हो Error म्यासेज देखाउँछ। सो म्यासेज हेरी आफ्नो पूरा नभएको विवरण पुन: भरी सेभ गर्नुपर्छ।
    • एक पटक फारम भरेर सेभ भइसकेपछि फेरी सच्याउन मिल्दैन। त्यसैले ध्यान दिएर भर्नुहोला।
  • Submit Application क्लिक गरेपछि सुरुमा राखेको मोबाइल नम्बरमा भेरिफिकेशन कोड आउँछ, सो कोड राखी Verify Button मा क्लिक गर्नुहोस्।
  • आवेदन स्वीकृत भएपछि सोही मोबाइल नम्बरमा टोकन नं पनि आउँछ।
  • सो टोकन नं पछि चाहिने हुँदा सुरक्षित राख्नुपर्छ।

तालिमका विशेषता के के छन्?

  • तालिम नि:शुल्क हुन्छ
  • तालिमको समयमा खाजाको व्यवस्था हुन्छ
  • गरिब, महिला, मधेसी, जनजाति, दलित, अपाङ्गता भएका र पिछडिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिलाई प्राथमिकता दिइन्छ
  • तालिम पाएपछि रोजगारी पाउन सजिलो हुन्छ

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

निवेदन यहि मिति २०७६ साल असोज १६ गते राती १२ बजेसम्ममा बुझाइसक्नुपर्छ।

थप जानकारीको लागि सूचना हेर्नुहोला:

0
0
0
s2sdefault

समाचार

माटो बिना नै यसरी गर्न सकिन्छ अर्गानिक तरकारी खेति
नेपालीहरूले भारतबाट ल्याएका विषादीयुक्त तरकारी खानुपर्ने...
सबै पढौं
धरानका युवाले सुरु गरेको खाना खान सिकाउने अनौठो व्यवसाय 
प्रियङ्का पराजुली भन्छिन्, “अस्वस्थकर जीवनशैलीका कारण...
सबै पढौं

व्यवसाय गाइड

यसरी गर्नुहोस् प्याज खेति
प्याजको भाउ आकाशिएको खबर हामी सबैले...
सबै पढौं

अवसरहरु

सरकारले नि:शुल्क खेती तथा पशुपालन गर्न तालिम दिँदै नया

बाह्य अनुसन्धान महाशाखा, खुमलटार...

सरकारले नि:शुल्क सीप विकास तालिम दिँदै, यसरी दिनुहोस् आवेदन! नया

भैंसेपाटी, ललितपुरको व्यावसायिक तथा...

नेपालको पहिलो महिला टेम्पो ड्राइभर र सफल महिला उद्यमी...

लक्ष्मी शर्मा, ६८ बर्षको हुनुभयो तर पनि ३४ बर्ष अघि एउटा एकल आमाको रुपमा व्यावसाय सुरु गर्दाको बेला जत्तिकै उर्जाशील हुनुहुन्छ।

सबै पढौं

व्यवसायको प्रक्रिया

उद्यमी नेपालले व्यवसाय सुरु गर्न देखि व्यवसाय चलाउन चाहिने सम्पूर्ण जानकारी र सहयोग उपलब्ध गराउँछ ।

व्यवसाय गर्ने निश्चित प्रक्रिया हुन्छ। प्रत्येक व्यवसायिक चरणमा अपनाउनु पर्ने कुराहरूको जानकारी लिएर व्यवसाय गरे व्यवसायमा सफलता हात पार्न सकिन्छ । व्यवसाय गर्दा चाहिने यस्तै अतिआवश्यक जानकारीहरू तपाइले पाउन सक्नुहुन्छ ।

पहिलो चरण

व्यवसाय सुरु गर्ने सोचमा

कुनै पनि व्यवसाय सुरु गर्न निर्णय लिने प्रक्रिया एकदमै महत्वपूर्ण हुन्छ। यसमा कुन व्यवसाय गर्ने , कस्तो प्रकारको व्यवसाय, कति लगानीको व्यवसाय गर्ने, यो क्षेत्रमा अरू व्यवसायीहरू के गर्छन् आदि सुरुवाती अनुसन्धान र निर्णयहरू पर्छन्।

दोश्रो चरण

व्यवसायिक योजनाको निर्माण

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, योजना बनाउने प्रक्रिया, योजनाको निर्माण,संचालन योजना, वित्तीय योजना, बजार योजना जस्ता योजनाहरूको निर्माण, योजना कार्वानयन गर्न चाहिने रूपरेखा आदि पर्छन् ।

तेश्रो चरण

सुरु गर्ने प्रक्रिया - लगानी कर्ताको खोजी

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, कारोबार सुरु गर्न अपनाउनु पर्ने प्रक्रिया, लगानीकर्ता वा व्यवसायिक पार्टनरको खोजी, व्यवसायको थालनी, नयाँ व्यवसायको बजार व्यवस्थापन, आदिको जानकारी पर्छन्।

चौथो चरण

व्यवसाय दर्ता गर्ने प्रक्रिया

यसमा व्यवसाय दर्ता गर्ने प्रक्रिया, ध्यान दिनुपर्ने कुरा, दर्ता गर्दा पालना गर्नुपर्ने नियमहरू, करकर्जा लगायत कानुनी प्रावधानका कुराहरू पर्छन्।

पाँचौ चरण

संचालन भइरहेको व्यवसाय व्यवस्थापन गर्न

यसमा संचालन भइरहेको व्यवसायलाई संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरू, व्यवसायामा सुचना प्रविधीको प्रयोग, दैनिक विचार पुर्याउनुपर्ने कुराहरू, व्यवसायका लागि नयाँ अवशरहरू, वित्तीय व्यवस्थापन तथा अनुपालन, मानव संसाधन, आदि पर्छन्।

छैठौँ चरण

व्यवसाय समापन अथवा व्यवसाय वृद्दिको रणनिती अपनाउन

यसमा व्यवसाय बढ्दै जाँदा लिनुपर्ने रणनिती, व्यवसाय बढ्दै जाँदाको व्यवस्थापन, अथवा व्यवसाय बन्द गर्नु पर्ने अवस्थाहरू पर्छन्।