आफ्नो अफिस र घरका भिताहरु अनि ठूला-ठूला कम्पाउण्डका उराठे खाली भागहरु रङ्गिन चित्रले रङ्गिए भने कस्ता देखिएलान् ?

काठमाडौँ उपत्यकाका कैयौं पर्खालका भित्तामा रङ्गिन चित्रहरु देख्नुभएको छ ?

रेस्टुरेन्टका भित्तामा बनाइएका चित्रहरुले पनि तपाईंको मन तान्ने गरेको हुनुपर्छ  !

यसरी भितामा चित्र बनाउनुलाई “भित्ते कला” (Mural Arts) भनिन्छ । रंगमा चोबलेको  ब्रस र रोलर भित्तामा कलात्मक तरिकाले चलाएर सुन्दर तस्बिर बनाईदिनेहरु काठमाडौँ र देशका मुख्य शहरहरुमा कुरूप र उराठे पर्खालमा आफ्ना कला देखाईरहेका हुन्छन् । तर व्यावसायिक रुपमा घर, अफिस, रेस्टुरेन्ट आदिका भिता र कम्पाउण्डहरुमा चित्र बनाइदिने मान्छे भने तपाईंले भेट्नुभएको छैन होला ।

आजसम्म यो कामले व्यावसायिक रुप पाउन सकेको छैन, तर यसैमा असिम सम्भावना देखेर व्यावसायिक भित्ते कलाको सुरुवात गर्दैछन् चितवनका नविन्द्र खनाल । सुचना प्रविधि(IT) पढेर स्कुल र क्याम्पसमा पढाउनै ब्यस्त रहेका नविन्द्रले जब यो व्यवसायमा सम्भावना देखे, उनी जागिर चटक्कै छाडेर व्यावसायिक भित्ते कलातर्फै हानिए ।

उनी भन्छन् “आफु बस्ने ठाउँ चिटिक्क पार्ने रहर सबैलाई हुन्छ ।” व्यावसायिक भित्ते कलाको क्षेत्रमा नेपालमा पहिलो व्यवसायी बन्दैछन् नविन्द्र । उनी आँफैले भितामा रङ्ग पोत्ने र सुन्दर चित्र बनाउने भने हैनन् । उनले चीनबाट भित्ते चित्र बनाउने रङ्ग र अन्य आवश्यक सामग्रीहरु ल्याउँछन् । पहिले नै विविध डिजाइनहरु छापिएको स्टेन्सिल(stencil) भनिने उपकरणले उनको कामलाई सजिलो बनाउँछ ।

स्टेन्सिल प्रयोग गर्न आकर्षक चित्र बनाउन जान्ने चित्रकार नै हुनु पनि पर्दैन । स्टेन्सिलले भित्तामा आँफैले चित्रको छाप बनाउन सकिन्छ । भित्तामा बन्ने उक्त छापामा आँफैले रङ्ग लगाउन सकिन्छ । आँफैले रङ्ग लगाउने भएमा नविन्द्रले स्टेन्सिल र अन्य उपकरण उपलब्ध गरईदिन्छन् । स्टेन्सिलमा भएको भन्दा फरक, आफ्नै कल्पनाको चित्र बनाउनु परेमा भने भित्तामा चित्र बनाउने गरेका चित्रकारहरुसँग सहकार्य गर्ने सोँच उनले बनाएका छन् ।

यस्ता चित्रहरु दुई देखि ५ घण्टा भित्रमा बनिसक्छन् र विलकुलै वातावरण अनि स्वास्थ्य मैत्री हुन्छन् । घर, अफिस, रेस्टुरेन्ट, सभा हल जस्ता ठाउँका भित्ताहरुमा यी चित्र बनाउन सकिन्छ । स्टेन्सिल प्रयोग गरि बनाइने र ब्रस प्रयोग गर्न नपर्ने भएकाले यो भितामा चित्र बनाउने प्रविधिलाई ”नो पेन मुरल”(No pen Mural) भनिन्छ । यसको मुख्य आकर्षण नै ग्राहक आँफैले पनि विभिन्न डिजाइनमा भित्ता रङ्गाउन सक्नु हो ।

अहिले नविन्द्रले “ओम डेकोर्स”(Om Decors) को नामले चलाइरहेको भित्ते कलाको व्यवसाय यहि फरकपनका कारण ग्राहकमाझ प्रख्यात हुँदैछ । कुनै चित्रकार ल्याउनु नपर्ने र मान्छेले बनाएको डिजाइन भन्दा सस्तोमा आफ्नो घर वा अफिसको भित्ता रङ्गाउन सकिने भएकाले स्थापना भएको एक महिनामै उनले छ जना ग्राहकको मंजितिसकेका छन् । चितवनमा भएको उनको व्यवसायको सेवा काठमाडौँ देखिका ग्राहकहरुले लिने गरेका छन् । केहि समय अगाडी भृकुटीमण्डपमा सम्पन्न भएको “प्रोपर्टी एक्स्पो” (आवास निर्माण व्यवसायी, अन्य संस्था र सरकारको संयुक्त प्रदर्शनी कार्यक्रम) मा पनि उनले आफ्नो व्यवसायको जानकारी दिन स्टल राखेका थिए ।

व्यवसाय सुरु गर्नका लागि उनलाई निकै मुस्किल भयो ।  कम्पनि दर्ता गर्ने प्रक्रिया नै छ महिना लामो भयो भने सामान आयात, सम्भावना, मार्केटिंग र काम गर्ने चरणमा आइपर्ने धेरै समस्या आदिका लागि उनले एक वर्ष समय खर्चिए । अहिले सुरुवाती चरणमै उनको यो व्यवसायको धेरैले प्रशंसा गरेका छन् । चीनबाट “नो पेन मुरल”का लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीको लागि आधिकारिक डिलरशिप पनि उनैले लिएका छन् । ग्राहकपनि अपेक्षा अनुरुप नै बढिरहेका छन् ।

IT पढेका र शिक्षण पेशामा मज्जाले जमेका व्यक्ति तानिएको यो भित्ते-कलाको व्यवसाय अन्य धेरै उद्यम गर्न चाहाने युवाका लागि सम्भावना र अवसर दुवै बन्न सक्छ । एकपटक सोंच्ने कि ?

0
0
0
s2sdefault

समाचार

सफलताका लागि ‘समय व्यवस्थापन’ : महत्वपूर्ण टिप्सहरु
 १) पृष्ठभूमिः  संसारमा सबैभन्दा महत्वपूर्ण चिज...
सबै पढौं
ठूलो अलैंचीमा लुकेको सम्भावना
अलैंचीको व्यावसायिक उत्पादन वृद्धि हुनु भनेको...
सबै पढौं

व्यवसाय गाइड

व्यावसायीहरुले कुरियरबाट विदेश पठाउन पाइने र नपाइने बस्तुहरु!
व्यावसाय संचालनको क्रममा नेपालबाट कुरियर मार्फत...
सबै पढौं
व्यवसायका लागि छाता संगठन तथा सहायता समूह किन आवश्यक छ?
व्यावसायिक छाता संगठन भन्नाले कुनै निश्चित...
सबै पढौं

अवसरहरु

नि:शुल्क वेल्डिंग तालिमको अवसर ! लोकप्रिय

प्राविधिक शिक्षा तथा व्यावसायिक...

होटेल व्यवसाय सम्बन्धी विषयमा नि:शुल्क तालिमको अवसर लोकप्रिय

प्लान इन्टरनेशनल नेपालको आर्थिक...

झापामा नि:शुल्क सीपमुलक तालिमको अवसर !! लोकप्रिय

भिजन राईज नेपाल, बिर्तामोड,...

चस्मा बनाउने सीपमुलक 3 महिने तालिमको सुवर्ण अवसर! लोकप्रिय

चस्मा फिटिंग, मर्मत सम्भार...

नेपालको पहिलो महिला टेम्पो ड्राइभर र सफल महिला उद्यमी...

लक्ष्मी शर्मा, ६८ बर्षको हुनुभयो तर पनि ३४ बर्ष अघि एउटा एकल आमाको रुपमा व्यावसाय सुरु गर्दाको बेला जत्तिकै उर्जाशील हुनुहुन्छ।

सबै पढौं

व्यवसायको प्रक्रिया

उद्यमी नेपालले व्यवसाय सुरु गर्न देखि व्यवसाय चलाउन चाहिने सम्पूर्ण जानकारी र सहयोग उपलब्ध गराउँछ ।

व्यवसाय गर्ने निश्चित प्रक्रिया हुन्छ। प्रत्येक व्यवसायिक चरणमा अपनाउनु पर्ने कुराहरूको जानकारी लिएर व्यवसाय गरे व्यवसायमा सफलता हात पार्न सकिन्छ । व्यवसाय गर्दा चाहिने यस्तै अतिआवश्यक जानकारीहरू तपाइले पाउन सक्नुहुन्छ ।

पहिलो चरण

व्यवसाय सुरु गर्ने सोचमा

कुनै पनि व्यवसाय सुरु गर्न निर्णय लिने प्रक्रिया एकदमै महत्वपूर्ण हुन्छ। यसमा कुन व्यवसाय गर्ने , कस्तो प्रकारको व्यवसाय, कति लगानीको व्यवसाय गर्ने, यो क्षेत्रमा अरू व्यवसायीहरू के गर्छन् आदि सुरुवाती अनुसन्धान र निर्णयहरू पर्छन्।

दोश्रो चरण

व्यवसायिक योजनाको निर्माण

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, योजना बनाउने प्रक्रिया, योजनाको निर्माण,संचालन योजना, वित्तीय योजना, बजार योजना जस्ता योजनाहरूको निर्माण, योजना कार्वानयन गर्न चाहिने रूपरेखा आदि पर्छन् ।

तेश्रो चरण

सुरु गर्ने प्रक्रिया - लगानी कर्ताको खोजी

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, कारोबार सुरु गर्न अपनाउनु पर्ने प्रक्रिया, लगानीकर्ता वा व्यवसायिक पार्टनरको खोजी, व्यवसायको थालनी, नयाँ व्यवसायको बजार व्यवस्थापन, आदिको जानकारी पर्छन्।

चौथो चरण

व्यवसाय दर्ता गर्ने प्रक्रिया

यसमा व्यवसाय दर्ता गर्ने प्रक्रिया, ध्यान दिनुपर्ने कुरा, दर्ता गर्दा पालना गर्नुपर्ने नियमहरू, करकर्जा लगायत कानुनी प्रावधानका कुराहरू पर्छन्।

पाँचौ चरण

संचालन भइरहेको व्यवसाय व्यवस्थापन गर्न

यसमा संचालन भइरहेको व्यवसायलाई संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरू, व्यवसायामा सुचना प्रविधीको प्रयोग, दैनिक विचार पुर्याउनुपर्ने कुराहरू, व्यवसायका लागि नयाँ अवशरहरू, वित्तीय व्यवस्थापन तथा अनुपालन, मानव संसाधन, आदि पर्छन्।

छैठौँ चरण

व्यवसाय समापन अथवा व्यवसाय वृद्दिको रणनिती अपनाउन

यसमा व्यवसाय बढ्दै जाँदा लिनुपर्ने रणनिती, व्यवसाय बढ्दै जाँदाको व्यवस्थापन, अथवा व्यवसाय बन्द गर्नु पर्ने अवस्थाहरू पर्छन्।