कुनै पनि संस्थामा कर्मचारीहरूको क्षमता वृद्धि गर्नु अत्यन्तै आवश्यक हुन्छ । एउटा नयाँ कर्मचारी संस्थामा आउँदा उसलाई संस्थाका क्रियाकलापका बारेमा र काम गर्ने तरिका बुझाउनु पर्ने हुन्छ, त्यसै गरी पुराना कर्मचारीहरूको  क्षमता वृद्धि गर्न वा संस्थाको वाताबरणका हरेक पक्षमा आउन सक्ने परिवर्तनको सामना गर्न जस्ता अवस्थामा कर्मचारीको क्षमता वृद्धि गर्नुपर्दछ ।

तालिम भन्नाले कुनै कार्य गर्नका लागि उपयुक्त ज्ञान ,सिप, मनोवृत्ति र व्यवहारमा परिवर्तन ल्याउने प्रक्रिया बुझिन्छ । तालिमले कर्मचारीलाई कुनै खास काम  कसरी गर्ने भन्ने बारेमा जानकारी दिन्छ ।

अब व्यवसायीले कर्मचारीहरूलाई तालिम किन दिने भन्ने बारे थाहा पाउन निम्न केही तालिमका उदेस्यहरु दिइएका छन्  -:

  • कर्मचारीको ज्ञान वृद्धि गर्न -

तालिम विशेष गरी मध्यम तथा निम्न तहका कर्मचारीहरूको लागि उपलब्ध गराइन्छ । तालिमले कर्मचारीलाई संस्थाको सम्पूर्ण पक्षको ज्ञान दिनु भन्दा पनि निश्चित विषयको ज्ञान उपलब्ध गराउने हुनाले तालिमको माध्यमबाट कर्मचारीले निश्चित काम गर्नको लागि आवश्यक पर्ने निश्चित ज्ञान हासिल गर्दछन् । तसर्थ तालिम लिएका कर्मचारीहरूले राम्रोसँग काम गर्न सक्छन् ।

  • नयाँ सिपको विकास गर्न-

कर्मचारीलाई तालिम उपलब्ध गराउनुको अर्को उद्देश्य भनेको कर्मचारीमा नयाँ सिपको विकास गर्नु हो । समयको परिवर्तनको साथमा कर्मचारीमा नयाँ-नयाँ  विषयहरूमा ज्ञानको आवश्यकता पर्ने हुनाले र कर्मचारीहरूको सीपलाई परिमार्जन गर्नु पर्ने हुनाले तालिम उपलब्ध गराउनु पर्छ र यसरी कर्मचारीमा काम गर्ने सिप विकास गर्न मद्दत गर्छ ।

  • कामदारको धारणा परिवर्तन गर्न-

तालिमको माध्यमबाट कर्मचारीमा भएको धारणा पनि परिवर्तन गर्न सकिन्छ । कर्मचारी र संस्था वा संस्थाका कुनै सदस्यहरू बिच भएको कुनै मन मुटावबाट आएको खण्डमा तालिमको मार्फतबाट त्यस्ता एक अर्का बिच भएको नकारात्मक धारणामा सुधार गरेर सकारात्मक बनाउन सकिन्छ ।

  • संस्थाको कार्य सम्पादनमा सुधार गर्न -

संस्थाले कर्मचारीको तालिममा खर्च गर्नुको मूल उद्देश्य नै संस्थाको कार्य सम्पादनमा सुधार गर्नु हो । तालिमको माध्यमबाट कर्मचारीहरूको सिप तथा क्षमता वृद्धि  गरेर कर्मचारीहरूको कार्य सम्पादनको तह बढाउन सकिन्छ भने जसको प्रतिफलको रूपमा संस्थाकै कार्य सम्पादन बढ्न जान्छ ।

  • साधनहरूको प्रभावकारी रूपमा प्रयोग गर्न -

तालिमको माध्यमबाट कर्मचारीहरूमा क्षमता वृद्धि  गरेर संस्थामा प्रयोग हुने विभिन्न साधनहरूलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिन्छ । यसरी संस्थामा विभिन्न साधनहरू जस्तै मेसिन, सामग्री, औजारहरू आदिको दुरुपयोग कम गरेर तिनीहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्ने क्षम्त बढाउनु तालिमको अर्को उद्देश्य हो । यसरी तालिमको माध्यमबाट संस्थाको श्रम, समय तथा अन्य साधनहरूको हानी नोक्सानीलाई कम गर्न सकिन्छ ।

  • दुर्घटना हुनुबाट बच्न -

कर्मचारीहरूलाई सुरक्षात्मक तालिम उपलब्ध गराएर संस्थामा दुर्घटना घटाउन सकिन्छ । यसरी संस्थामा सुरक्षा कसरी अपनाउने भन्ने बारेमा तालिमहरू उपलब्ध गराएर काम गर्ने ठाउँमा सुरक्षित वातवरणको निर्माण गर्न सकिन्छ ।

  • कर्मचारीलाई राम्रो अवसर उपलब्ध गराउन -

कर्मचारीहरूलाई विभिन्न किसिमका अवसरहरू उपलब्ध गराउनु पनि  तालिमको अर्को उद्देश्य हो । तालिमको माध्यमबाट कर्मचारीहरूले आफ्नो क्षमता वृद्धि  गर्ने अवसर प्राप्त गर्दछन् । यसको माध्यमबाट उनीहरूले माथिल्लो पदमा बसेर काम गर्न पाउने, चुनौतीपूर्ण काम गर्न पाउने, र त्यस्तो चुनौतीपूर्ण काम सफल रूपमा गरेर सन्तोष लिन पाउने, अनुभव बटुल्ने, आदि अवसरहरू प्राप्त गर्दछन् । यस्तो गर्नाले राम्रा र लगनसिल कर्मचारीहरूलाई आफ्नो व्यवसायमा टिकाइ राख्न सकिन्छ ।

यी विभिन्न कारणहरूले गर्दा तपाईंको व्यवसायमा पनि कर्मचारीहरूलाई बेलाबेलामा तालिम दिने , सीप सिकाउने गर्नुहोस , यसले कर्मचारीलाई मात्र नभएर तपाईंको व्यवसायलाई नै फाइदा हुन्छ ।

0
0
0
s2sdefault

समाचार

माटो बिना नै यसरी गर्न सकिन्छ अर्गानिक तरकारी खेति
नेपालीहरूले भारतबाट ल्याएका विषादीयुक्त तरकारी खानुपर्ने...
सबै पढौं
धरानका युवाले सुरु गरेको खाना खान सिकाउने अनौठो व्यवसाय 
प्रियङ्का पराजुली भन्छिन्, “अस्वस्थकर जीवनशैलीका कारण...
सबै पढौं

व्यवसाय गाइड

यसरी गर्नुहोस् प्याज खेति
प्याजको भाउ आकाशिएको खबर हामी सबैले...
सबै पढौं

अवसरहरु

सरकारले नि:शुल्क खेती तथा पशुपालन गर्न तालिम दिँदै नया

बाह्य अनुसन्धान महाशाखा, खुमलटार...

सरकारले नि:शुल्क सीप विकास तालिम दिँदै, यसरी दिनुहोस् आवेदन! नया

भैंसेपाटी, ललितपुरको व्यावसायिक तथा...

नेपालको पहिलो महिला टेम्पो ड्राइभर र सफल महिला उद्यमी...

लक्ष्मी शर्मा, ६८ बर्षको हुनुभयो तर पनि ३४ बर्ष अघि एउटा एकल आमाको रुपमा व्यावसाय सुरु गर्दाको बेला जत्तिकै उर्जाशील हुनुहुन्छ।

सबै पढौं

व्यवसायको प्रक्रिया

उद्यमी नेपालले व्यवसाय सुरु गर्न देखि व्यवसाय चलाउन चाहिने सम्पूर्ण जानकारी र सहयोग उपलब्ध गराउँछ ।

व्यवसाय गर्ने निश्चित प्रक्रिया हुन्छ। प्रत्येक व्यवसायिक चरणमा अपनाउनु पर्ने कुराहरूको जानकारी लिएर व्यवसाय गरे व्यवसायमा सफलता हात पार्न सकिन्छ । व्यवसाय गर्दा चाहिने यस्तै अतिआवश्यक जानकारीहरू तपाइले पाउन सक्नुहुन्छ ।

पहिलो चरण

व्यवसाय सुरु गर्ने सोचमा

कुनै पनि व्यवसाय सुरु गर्न निर्णय लिने प्रक्रिया एकदमै महत्वपूर्ण हुन्छ। यसमा कुन व्यवसाय गर्ने , कस्तो प्रकारको व्यवसाय, कति लगानीको व्यवसाय गर्ने, यो क्षेत्रमा अरू व्यवसायीहरू के गर्छन् आदि सुरुवाती अनुसन्धान र निर्णयहरू पर्छन्।

दोश्रो चरण

व्यवसायिक योजनाको निर्माण

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, योजना बनाउने प्रक्रिया, योजनाको निर्माण,संचालन योजना, वित्तीय योजना, बजार योजना जस्ता योजनाहरूको निर्माण, योजना कार्वानयन गर्न चाहिने रूपरेखा आदि पर्छन् ।

तेश्रो चरण

सुरु गर्ने प्रक्रिया - लगानी कर्ताको खोजी

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, कारोबार सुरु गर्न अपनाउनु पर्ने प्रक्रिया, लगानीकर्ता वा व्यवसायिक पार्टनरको खोजी, व्यवसायको थालनी, नयाँ व्यवसायको बजार व्यवस्थापन, आदिको जानकारी पर्छन्।

चौथो चरण

व्यवसाय दर्ता गर्ने प्रक्रिया

यसमा व्यवसाय दर्ता गर्ने प्रक्रिया, ध्यान दिनुपर्ने कुरा, दर्ता गर्दा पालना गर्नुपर्ने नियमहरू, करकर्जा लगायत कानुनी प्रावधानका कुराहरू पर्छन्।

पाँचौ चरण

संचालन भइरहेको व्यवसाय व्यवस्थापन गर्न

यसमा संचालन भइरहेको व्यवसायलाई संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरू, व्यवसायामा सुचना प्रविधीको प्रयोग, दैनिक विचार पुर्याउनुपर्ने कुराहरू, व्यवसायका लागि नयाँ अवशरहरू, वित्तीय व्यवस्थापन तथा अनुपालन, मानव संसाधन, आदि पर्छन्।

छैठौँ चरण

व्यवसाय समापन अथवा व्यवसाय वृद्दिको रणनिती अपनाउन

यसमा व्यवसाय बढ्दै जाँदा लिनुपर्ने रणनिती, व्यवसाय बढ्दै जाँदाको व्यवस्थापन, अथवा व्यवसाय बन्द गर्नु पर्ने अवस्थाहरू पर्छन्।