Photo Source : Business World

आफ्ना कर्मचारीलाई तालिममा पठाउँदा केही समयका लागि उसको अनुपस्थितिमा व्यवसायका कामहरूमा बाधा पुग्नसक्छ र कुनै-कुनै तालिमहरूमा त व्यवसायले आफ्नो पैसा नै खर्च गरेर कर्मचारीलाई तालिममा पठाउनु पर्ने हुनसक्छ । तर यसो भन्दैमा आफ्ना कर्मचारीलाई थप सिप र दक्षता हासिल गर्न नदिई सधैँ काममा दलाएर राख्ने कुरा पनि त आउँदैन ।

तत्काल केही घाटा भए पनि थप तालिमले कमचारीको क्षमतामा वृद्धि गरी व्यावसायलाई कालान्तरमा  नाफा हुने कुरा पक्का छ तर आवश्यकता नै नपरी कर्मचारीलाई जुनसुकै समयमा जुनसुकै तालिममा पठाउनु पनि त भएन।

त्यसैले यस्तो दोधारे परिस्थितिमा सही निर्णय लिनको निम्ति हामीले यस लेखमा ‘कर्मचारीलाई तालिम आवश्यकता परेको कुरा कसरी थाहा पाउने ?’ भन्ने विषय उल्लेख गरेका छौ ।

कर्मचारीहरूले गरेको कामलाई सधैँ नियाल्ने

कर्मचारीलाई आफूले के काम गर्नु पर्ने हो र त्यो काम कसरी गर्नुपर्छ भन्ने बारे ज्ञान छ की छैन भनेर समय समयमा उनीहरूले गरेको कामलाई नियाल्न सकिन्छ । यसबाट त्यो काम गर्दा ऊसँग भएको सिप काम लागिराखेको छ कि छैन भनेर अनुमान गर्न मद्दत पुग्छ । जस्तै: कर्मचारीले कुनै काम गर्दा कति समयमा पुरा गर्छ ?, कति आत्मविश्वासका साथ गर्छ ?, उसले गर्ने कामको गुणस्तर कस्तो छ ? उसले गरेको कामबाट ग्राहक र अन्य कर्मचारीहरू सन्तुष्ट देखिन्छन् या देखिँदैनन् ? भन्ने विषयमा नियाल्न सकिन्छ ।

व्यावसायी र कर्मचारी सँगै बसेर छलफल र सुझाव सङ्कलन गर्ने

व्यावसायी र कर्मचारी सँगै बसेर आपसमा छलफल चलाउने र खुलेर एकअर्कालाई सुझाव आदानप्रदान गर्ने वातावरण बनाउन सके कर्मचारीहरूले आफूलाई कस्ता सीप अभावका कारण काम गर्न असहज भएको हो भनी खुलेर बताउन सक्छन् । यसबाट व्यावसायी र कर्मचारी बिचको दुरी कम हुनुको साथै कर्मचारीलाई तालिम आवश्यकता भएको वा नभएको सजिलै पत्ता लगाउन सकिन्छ ।

काम पुरा गर्न आवश्यक सिपको जानकारी लिने

पहिले त व्यवसाय सञ्चालनमा कस्तो काम गर्नको लागि कस्तो किसिमको सिप र ज्ञान आवश्यक हुन्छ भनी राम्रोससँग थाहा पाउनु पर्छ र त्यसपछि आवश्यक सिप आफ्ना कर्मचारीसँग भएको या नभएको थाहा पाउन लेखाजोखा गर्नु पर्छ । यदि यी कामहरू राम्रोसँग पुरा गर्नको लागि आफ्ना कर्मचारीहरूको सिप र क्षमता पुग्दैन भने बुझ्नुहोस् तपाईँको कर्मचारीलाई तालिम दिने समय भयो ।

अन्तर्वार्ता लिने

आफ्ना कर्मचारीहरू र ग्राहकसँग  विभिन्न प्रश्नहरू सोधेर पनि तालिमको आवश्यकता सम्बन्धी जानकारी सङ्कलन गर्न सकिन्छ । जस्तै, व्यवसायका नियमित ग्राहकहरूसँग आफ्नो व्यवसायका कर्मचारीहरूले दिएको सेवाको बारेमा उनीहरूको अनुभूति र राय कस्तो छ भनेर सोध्न सकिन्छ । यदि ग्राहकहरूलाई कर्मचारीको कुनै पक्षमा गुनासो लागेको छ वा भनौ कर्मचारीले पेस गरेको सेवा चित्त बुझेको छैन भने त्यसको समाधानको लागि पनि सही तालिम पहिचान गरी उनीहरूलाई उपलब्ध गराउन सकिन्छ ।

व्यवसायको नयाँ योजना र रणनीति अनुसार कस्ता नयाँ सिप चाहिन्छ मूल्याङ्कन गर्ने

व्यवसाय बढ्दै जाने क्रममा नयाँ योजना र रणनीतिहरू बनाउनु पर्ने हुन्छ । जस्तै: नयाँ प्रविधि भित्रयाउने, कुनै नयाँ बस्तु वा सेवा थप गर्ने आदि यस्तो आवस्थामा त्यसै अनुसार चाहिने सिपहरू भएका कर्मचारी कार्यरत छन् कि छैनन् र छैनन् भने भएका कर्मचारीलाई कस्तो तालिम दिन सकिन्छ भन्ने बारे अनुमान गर्नुपर्छ । किनकि सही सिप र क्षमता भएका व्यक्तिहरू कार्यरत रहेनछन भने उनीहरूलाई कामबाट निकाल्नु राम्रो होइन।यसरी पनि कर्मचारीलाई तालिम आवश्यक भए-नभएको थाहा पाउन सकिन्छ ।

माथि उल्लेख गरिएका विधिहरू ‘मानव संसाधन व्यवस्थापनको आधार’ भन्ने पुस्तकको अध्ययनबाट तयार पारिएको हो ।

0
0
0
s2sdefault

समाचार

माटो बिना नै यसरी गर्न सकिन्छ अर्गानिक तरकारी खेति
नेपालीहरूले भारतबाट ल्याएका विषादीयुक्त तरकारी खानुपर्ने...
सबै पढौं
धरानका युवाले सुरु गरेको खाना खान सिकाउने अनौठो व्यवसाय 
प्रियङ्का पराजुली भन्छिन्, “अस्वस्थकर जीवनशैलीका कारण...
सबै पढौं

व्यवसाय गाइड

यसरी गर्नुहोस् प्याज खेति
प्याजको भाउ आकाशिएको खबर हामी सबैले...
सबै पढौं

अवसरहरु

सरकारले नि:शुल्क खेती तथा पशुपालन गर्न तालिम दिँदै नया

बाह्य अनुसन्धान महाशाखा, खुमलटार...

सरकारले नि:शुल्क सीप विकास तालिम दिँदै, यसरी दिनुहोस् आवेदन! नया

भैंसेपाटी, ललितपुरको व्यावसायिक तथा...

नेपालको पहिलो महिला टेम्पो ड्राइभर र सफल महिला उद्यमी...

लक्ष्मी शर्मा, ६८ बर्षको हुनुभयो तर पनि ३४ बर्ष अघि एउटा एकल आमाको रुपमा व्यावसाय सुरु गर्दाको बेला जत्तिकै उर्जाशील हुनुहुन्छ।

सबै पढौं

व्यवसायको प्रक्रिया

उद्यमी नेपालले व्यवसाय सुरु गर्न देखि व्यवसाय चलाउन चाहिने सम्पूर्ण जानकारी र सहयोग उपलब्ध गराउँछ ।

व्यवसाय गर्ने निश्चित प्रक्रिया हुन्छ। प्रत्येक व्यवसायिक चरणमा अपनाउनु पर्ने कुराहरूको जानकारी लिएर व्यवसाय गरे व्यवसायमा सफलता हात पार्न सकिन्छ । व्यवसाय गर्दा चाहिने यस्तै अतिआवश्यक जानकारीहरू तपाइले पाउन सक्नुहुन्छ ।

पहिलो चरण

व्यवसाय सुरु गर्ने सोचमा

कुनै पनि व्यवसाय सुरु गर्न निर्णय लिने प्रक्रिया एकदमै महत्वपूर्ण हुन्छ। यसमा कुन व्यवसाय गर्ने , कस्तो प्रकारको व्यवसाय, कति लगानीको व्यवसाय गर्ने, यो क्षेत्रमा अरू व्यवसायीहरू के गर्छन् आदि सुरुवाती अनुसन्धान र निर्णयहरू पर्छन्।

दोश्रो चरण

व्यवसायिक योजनाको निर्माण

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, योजना बनाउने प्रक्रिया, योजनाको निर्माण,संचालन योजना, वित्तीय योजना, बजार योजना जस्ता योजनाहरूको निर्माण, योजना कार्वानयन गर्न चाहिने रूपरेखा आदि पर्छन् ।

तेश्रो चरण

सुरु गर्ने प्रक्रिया - लगानी कर्ताको खोजी

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, कारोबार सुरु गर्न अपनाउनु पर्ने प्रक्रिया, लगानीकर्ता वा व्यवसायिक पार्टनरको खोजी, व्यवसायको थालनी, नयाँ व्यवसायको बजार व्यवस्थापन, आदिको जानकारी पर्छन्।

चौथो चरण

व्यवसाय दर्ता गर्ने प्रक्रिया

यसमा व्यवसाय दर्ता गर्ने प्रक्रिया, ध्यान दिनुपर्ने कुरा, दर्ता गर्दा पालना गर्नुपर्ने नियमहरू, करकर्जा लगायत कानुनी प्रावधानका कुराहरू पर्छन्।

पाँचौ चरण

संचालन भइरहेको व्यवसाय व्यवस्थापन गर्न

यसमा संचालन भइरहेको व्यवसायलाई संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरू, व्यवसायामा सुचना प्रविधीको प्रयोग, दैनिक विचार पुर्याउनुपर्ने कुराहरू, व्यवसायका लागि नयाँ अवशरहरू, वित्तीय व्यवस्थापन तथा अनुपालन, मानव संसाधन, आदि पर्छन्।

छैठौँ चरण

व्यवसाय समापन अथवा व्यवसाय वृद्दिको रणनिती अपनाउन

यसमा व्यवसाय बढ्दै जाँदा लिनुपर्ने रणनिती, व्यवसाय बढ्दै जाँदाको व्यवस्थापन, अथवा व्यवसाय बन्द गर्नु पर्ने अवस्थाहरू पर्छन्।