बजारमा धेरै किसिमका ग्राहकहरु हुन्छन् । हरेक ग्राहकको आर्थिक अवस्था, बसोबास, उमेर, लिङ्ग, शैक्षिक स्तर, आदि अनुसार उनीहरूको रुचि र आवश्यकता फरक-फरक हुन्छ । एउटै व्यवसायले यी सबै किसिमका आवश्यकताहरू पूरा गर्ने खालको वस्तु वा सेवा उत्पादन गर्न असम्भव हुन्छ । त्यसैले हरेक व्यवसायीले आफ्ना ग्राहकहरुको समुहलाई साना-साना भागमा बाढेर, आफ्नो क्षमता अनुसार, कुनै एक किसिमको वा सो भन्दा बढी किसिमको ग्राहक समुहलाई लक्षित गरेर, त्यसलाई सुहाउदो वस्तु वा सेवाको उत्पादन गर्न सकन्छन् । यदि तपाईले पनि कुनै व्यवसाय हिसाबले बिभिन्न वस्तुहरु उत्पादन गरी बेच्ने निर्णय गर्नु भयो तर त्यो वस्तु कसलाई बेच्ने वा त्यो वस्तु कसले प्रयोग गर्छ भन्ने बारे सोच्नु भएन भने तपाईँको निर्णय गलत हुनसक्छ । त्यसैले व्यवसायमा सफलता प्राप्ति गर्ने हो भने, तपाईको समान ठ्याक्कै  कस्ता ग्राहकले किन्छन भनि उनीहरुको सहि पहिचान गर्न एकदमै जरुरी छ ।

आफ्नो ग्राहक ठ्याक्कै चिन्नको लागि तल दिइएका केही प्रक्रियाहरू बुझ्नु पर्ने हुन्छ जुन निम्न दिइएको छ :

१. तपाईले उत्पादन गर्ने वस्तु वा सेवाले कुन समस्याको समाधान दिन्छ ?.

सर्व प्रथम त आफ्नो व्यवसायले उत्पादन गरेको वस्तुले कस्तो समस्याको समाधान गर्छ भन्ने बारे बुझ्न जरुरी छ । त्यो कुरा राम्रोसँग बुझी सकेपछि कस्ता मानिसहरूलाई त्यस्तो समस्या पर्छ भन्ने बारे थाहा पाउन सजिलो हुन्छ ।

२. कुन समूहका ग्राहाकहरु त्यस्तो समस्या पर्छ ?

आफूले समाधान गर्ने समस्या बुझिसके पछि कुन समूहका उपभोक्ताहरूलाई यस्तो समस्या पर्छ भन्ने बारे बुझ्नु पर्छ । सकिन्छ भने त्यस्ता उपभोक्ताहरूलाई अझै साघुंरिलो बनाएर छुट्याउन सकिन्छ जस्तै बसोबासको हिसाबले, लिङ्गको हिसाबले, उमेरको हिसाबले छुट्याउने, आदि । व्यवसायीले जति बजारलाई साघुंरिलो हिसाबमा लक्षित गर्न सक्यो त्यतिनै आफ्नो वस्तुको वास्तविक उपभोक्तालाई चिन्न र बुझ्न सकिन्छ ।

३. कुन समूहको ग्राहकहरुले तपाईँको वस्तुको  बढी प्रयोग गर्छन् ?

सबै भन्दा पहिला त कुन समूहको ग्राहकलाई  तपाईँको वस्तुको प्रयोगबाट बढी फाइदा हुन्छ भन्ने बारे बुझ्नुपर्छ । त्यस पछि त्यस्तो समूहलाई लक्षित गरेर नै वस्तुको डिजाइन गर्नु पर्छ । जस्तै: यदि तपाई मछछटदानीको उत्पादन गर्नुहुन्छ भने तपाईको लक्षित ग्राहक तराईमा बस्ने मानिसहरु हुनसक्छन् ।

४.तपाईका प्रतिद्वन्दी व्यवसायीहरूको लक्षित् ग्राहक को हुन्  ?

बजारमा भएका धेरै व्यवसायहरूले तपाईँले जस्तै वस्तु उत्पादन गरिरहेका हुन सक्छन् । त्यसैले त्यस्ता प्रतिद्वन्दी व्यवसायीहरूको लागि लक्षित ग्राहक को हुन्, उनीहरूले कुन समूहको ग्राहकहरुलाइ लक्षित् गरिरहेका छन् भन्ने बुझेर उनीहरूको भन्दा फरक समुहका ग्राहकलाइ लक्ष्य गर्न सकियो भने आफ्नै नयाँ बजार बनाउन सकिन्छ ।

यसै प्रकारले माथि दिईएका प्रक्रियाहरू ध्यानमा राखेर आफ्ना ग्राहकलिया लक्षित् गरि व्यवसाय गर्न सकियो भने अवश्य सफल भइन्छ । आफ्ना ग्राहक चिनीसके व्यावसायीलाई पछि कस्तो खालको वस्तु उत्पादन गर्ने, कति मूल्य तोक्ने भन्ने कुराको निर्णय गर्न सजिलो हन्छ ।

 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल