व्यापार व्यवसाय गर्दै जाँदा, बिभिन्न अवशरहरु आउन सक्छन। अवसरहरू विभिन्न क्षेत्रमा हुन सक्छन। अवशरलाई राम्रोसँग सदुपयोग गरेर अगाडी बढ्न सकियो भने व्यापार फस्टाउँदै जान्छ। व्यवसायमा पछि कस्ता कस्ता अवसरहरू आउन सक्छन् भनी बजारलाई राम्रोसँग अवलोकन गर्नुलाई सम्भाव्यता अध्ययन भनिन्छ। यसमा पछि आउन सक्ने अवसर वा चुनौतीहरू वर्णन गरिएको हुन्छ। सम्भाव्यता कहाँ र कुन ठाउँमा अध्ययन गर्ने भन्ने चाही व्यवसाय कुन उद्देश्यले खोलिएको हो त्यसमा भर पर्ने गर्छ।

व्यवसायमा सम्भाव्यता अध्ययनको के महत्त्व छ?

  • सम्भाव्यता अध्ययनबाट अहिले बजारको अवस्था कस्तो छ र पछि कस्तो हुनेछ भन्ने बारे थाहा पाउन सकिन्छ। भविष्यमा आउने अनिश्चित समस्या तथा चुनैतीहरु पनि थाहा पाउनको लागि यो अध्ययनको निकै महत्त्व छ।
  • बजारको अवस्था थाहा भएपछि व्यवसायीले आफ्नो उद्देश्य पुरा गर्न सही बाटो कुन हो भनी सही निर्णय लिनको लागि पनि सम्भाव्यता अध्ययन गर्न जरुरी हुन्छ।
  • यसबाट व्यवसायको लागि भविष्यमा आउन सक्ने अवसरहरू थाहा पाउनुका साथसाथै व्यवसायको उद्देश्य के हो भन्ने पनि निर्धारण गर्न सकिन्छ ।
  • व्यवसायमा यदि कुनै समस्या पर्‍यो भने त्यसलाई समाधान गर्ने उपायहरू पत्ता लगाउने तथा बैकल्पिक तरिकाहरू पनि तयार पार्नको लागि सम्भाव्यता अध्ययन गर्नु आवश्यक छ।
  • यसले सूचनाहरू बटुल्नुका साथसाथै बजार अनुसन्धान पनि गर्ने हुनाले व्यावसायिक योजना बनाउन को लागि जानकारी बटुल्न  फेरी बजारको अनुसन्धान गरिराख्नु पर्दैन। जसले गर्दा बढी खर्च नहुनुका साथसाथै समयको पनि बचत हुन जान्छ।
  • व्यवसायीले आफ्नो व्यवसाय के के कुराहरूमा अरू व्यवसाय भन्दा अगाडी छ र के के कुराहरू अझै सुधार्नुपर्ने छ भन्ने सबै कुरा पत्ता लगाउनको लागि सम्भाव्यता अध्धयन गर्ने गरिन्छ।

स्रोत : यो लेख उद्यमी नेपाल टिमले बिभिन्न लेख तथा अनुशन्धानहरुको अध्ययन गरि तयार परेको हो। 

 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल