हामीले हाम्रो दैनिक जीवनमा विभिन्न किसिमको व्यवसाय गरिरहेका व्यक्ति, उद्योग व्यवसायहरू देख्छौं । कुनै व्यवसाय एकदमै राम्रोसँग चलिरहेको हुन्छ भने कुनै कुनै व्यवसाय राम्रो सँग चलेको हुँदैन । एउटा सामान्य किराना पसलको नै उदाहरण लिऊँ न, कुनै पसल ग्राहकहरूले भरिभराउ, पसलेलाइ नै भ्याईनभ्याई भएको देखिन्छ भने कुनै कुनैमा ग्राहक आउने कहिले काही मात्र हुन्छ । आखिर किन यस्तो हुन्छ? कुनै कुनै स्थानमा राम्रोसँग चलिरहेको पसल अर्को स्थानमा लैजाँदा त्यही पसल चल्दैन? आखिर किन यस्तो हुन्छ?

व्यापार व्यवसाय गर्दा स्थानले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। स्थान सही भएन भने न व्यवसायले ग्राहक भेटाउन सक्छन् न त ग्राहकले चाहिएको व्यावसायिक सेवा लिन सक्छन्। कुनै कुनै स्थान महँगो पर्ने तर भने जस्तो प्रतिफल नदिने खालका हुन्छन् । त्यसैले व्यवसाय गर्न स्थान छनौट गर्दा विभिन्न कुराहरू ध्यान दिनुपर्छ ।

व्यवसायको किसिम: तपाइको व्यवसाय कुन प्रकारको हो, स्थान छनौट त्यही अनुरूपको हुन्छ ।जस्तै : यदि खुद्रा किराना पसल हो भने मानिसहरूको बसोबास भएको स्थान, धेरै आवात् जावत भइरहने चोक आदिमा गर्दा उपयुक्त हुन्छ भने, उत्पादन मूलक व्यवसाय छ भने,बसोबास गर्ने स्थान भन्दा पर नै गर्दा ठिक हुन्छ।
ग्राहकको प्रकार : आफ्नो  ग्राहक कस्ता प्रकारका हुन् त्यही अनुरूप् को स्थानमा व्यवसाय गर्नुपर्छ। जस्तै विद्यार्थी आफ्ना मुख्य ग्राहक हुन् भने स्कुल, क्याम्पसको छेउछाउमा गर्नुपर्छ ।

 कच्चा पदार्थको पहुँच : व्यवसाय गर्दा व्यवसायलाई चाहिने कच्चा पदार्थ कहाँ पाइन्छ त्यसकै नजिकै हुनुपर्छ । जस्तै यदि तपाइले होटेल व्यवसाय गर्दै हुनुहुन्छ भने होटलको लागि आवश्यक कच्चा पदार्थ , खाद्यान्न , तरकारी आदी विभिन्न सामानहरू सजिलै पाइने स्थानमा हुनुपर्छ । ती समानहरु ल्याउन सकिने स्थानमा हुनुपर्छ ।

 पार्किंग लगायतको सुविधा : यदि तपाइको व्यवसायमा धेरै ग्राहकहरू आवतजावत भैराख्ने किसिमको हो, र व्यस्त बजारमा व्यवसाय गर्दै हुनुहुन्छ भने पार्किंगको सुविधा पनि हेर्नुपर्ने हुन्छ।पार्किंगको सुविधा नभएकै कारण पनि कतिपय ग्राहकहरू फर्किन सक्छन्।

प्रतिस्पर्धा तथा अन्य उस्तै किसिमको व्यवसायसँगको दुरी  : स्थान छनौट गर्दा आफूजस्तै व्यवसाय गरिरहेकासंग कत्तिको प्रतिस्पर्धा हुन्छ?साथै आफ्नो व्यवसायलाई सहयोग पुर्‍याउने अन्य व्यवसाय नजिकै छन् कि छैनन् त्यो पनि बिचार गर्नुपर्छ। जस्तै तपाइको हेल्मेटको व्यवसाय छ भने नजिकै मोटरसाइकलको व्यवसाय भएको हुँदा राम्रो हुन्छ।

अन्य प्रशासनिक खर्चहरु: विभिन्न प्रशासनिक खर्चहरू जस्तै टेलिफोन,राज्यलाई बुझाउने कर ,आदि विभिन्न प्रशासनिक खर्चहरू पनि स्थान छान्दा बिचार पुर्याउनुपर्छ ।

 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल