के हो करपाटी?
VAT मा दर्ता भएको छ वा छैन र VAT लाग्ने अथवा छुट हुने सामान वा सेवाको कारोबार गर्ने व्यवसायीको पहिचान गर्नका लागि बनाइने प्लेटलाई करपाटी भनिन्छ।
कसले कस्तो करपाटी राख्नुपर्छ?
- VAT मा दर्ता भएका व्यवसायीले हरियो पृष्ठभूमिमा सेतो अक्षर भएको
- VAT लाग्ने वस्तु वा सेवाको कारोबार गर्ने तर थ्रेसहोल्ड भन्दा कमको कारोबार हुने भएका कारण VATमा दर्ता गर्नु नपर्ने व्यवसायीले पहेँलो पृष्ठभूमिमा कालो अक्षर भएको
- VAT छुट भएका वस्तु वा सेवाको कारोबार गर्ने व्यवसायीले सेतो पृष्ठभूमिमा रातो अक्षर भएको
करपाटीको आकार कति हुनुपर्छ?
- उँचाइ १० से.मी. र लम्बाई ३० से.मी. हुनुपर्छ
करपाटी कहाँ राख्नुपर्छ?
- ग्राहकले स्पष्ट गरी देख्ने गरी कारोबार गर्ने ठाउँमा राख्नुपर्छ
करपाटी नराखेमा के हुन्छ?
- करपाटी नराखेमा हरेक हप्ता दुई हजार र तोकिएको ठाउँमा नराखे एक हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ