व्यवसाय भन्ने बित्तिकै पैसाको कुरा आइहाल्छ । व्यवसायको आर्थिक व्यवस्थापन राम्रोसँग गर्न सकिएन भने व्यवसायलाई अगाडी बढाउन सकिँदैन । यदि कुनै व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्दा के कति खर्च तथा (रकम) पुँजी लाग्छ भनी अनुमान गर्नको लागि वा कति खर्च गर्ने भनी नीति नियम बनाउनको लागि योजना बनाउँछ भने त्यसलाई आर्थिक योजना भनिन्छ। व्यवसायीले यस्तो खालको योजना व्यवसाय सुरु गरे देखि अन्त्य नभएसम्म बनाउनु पर्ने हुन्छ। यो योजना एउटा यस्तो प्रक्रिया हो जसमा जस्तै व्यवसायीले व्यवसाय सञ्चालन गर्नको लागि सामानहरू वा मेसिनहरू किन्नको लागि चाहिने खर्चको विवरण तयार परेको हुन्छ। कहाँ कति लगानी गरी आफ्नो पुँजी बढाउने भन्ने बारे पनि यो योजनामा लेखिएको हुन्छ। व्यवसाय सञ्चालन गर्दा प्रशासनमा कति खर्च गर्ने भन्ने बारेमा पनि योजना बनाइएको हुन्छ।

आर्थिक योजना बनाउनुको उद्देश्य के के हुन् त?

  • व्यवसायको लागि छोटो वा लामो समयसम्म चल वा अचल सम्पत्तिको लागि कति खर्च लाग्छ भनी थाहा पाउनको लागि यो योजना बनाइन्छ। जसले व्यवसायीसँग भएको पुँजीको सही सदुपयोग हुन सक्छ।
  • व्यवसायको लागि चाहिने पुँजी यदि व्यवसायीसँग प्रयाप्त छैन भने छोटो समयको लागी वा लामो समयको लागि कति ऋण लिने भन्ने बारे थाहा पुनको लागि यो योजना बनाइन्छ।
  • आर्थिक नीति व्यवसायी आफूसँग भएको नगदको वा उधारो रकम वा ऋण लिएको रकमको सही सदुपयोग गर्ने गरी आर्थिक नीति बनाउन यो योजना बनाइन्छ।
  • थोरै लगानीबाट धेरै फाइदा लिन पनि यो योजना बनिन्छ।

आर्थिक योजना बनाउनुको महत्त्व के के हुन् त?

  • व्यवसाय सञ्चालन गर्नको लागि चाहिने पर्याप्त पुँजी छ कि छैन भनी निश्चित हुन,
  • खर्च हुने र कमाउने बिच सन्तुलन राख्न,
  • पछि अनिश्चितताबाट हुन सक्ने घाटालाई वा बजारको प्रवृत्ति बद्लिएमा त्यसलाई कभर गर्न।

 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल