व्यवसायीले आफ्नो व्यवसायको लक्ष्य वा उद्देश्यहरू पुरा गर्नको लागि के कस्ता दैनिक कामहरू गर्नुपर्छ भनी गरिने योजनालाई नै सञ्चालन योजना भनिन्छ। यस योजनामा तोकिएको समयमा कुन काम कति गर्ने, कसरी गर्ने भन्ने बारे लेखिएको हुन्छ। सञ्चालन योजनाले व्यवसाय सफल हुनसक्ने अवस्था र ती व्यावसायिक उद्देश्यहरू कसरी पुरा गर्छ भन्ने बारे स्पष्ट देखाउने काम गर्छ। साधारणतया यो योजना एक वर्षको लागि बनाइन्छ । यो योजनामा एक वर्ष भित्र गर्नु पर्ने दिनहुँ कामको बारेमा पुरा लेखिएको हुन्छ। यस्तो प्रक्रिया व्यवसाय सुरु गरे देखि अन्त्य हुन्सम्म चलिरहन्छ।

व्यवसायमा सञ्चालन योजना बनाउँदा निम्न कुराहरू स्पष्ट भएको हुनुपर्छ:

  • व्यवसायको वर्तमान अवस्था कस्तो छ?
  • भविष्यमा व्यवसायलाई कस्तो बनाउने हो?
  • सोचे जस्तो व्यवसाय कसरी बनाउन सकिन्छ?
  • व्यवसायीले व्यवसायको आफ्नो प्रगतिलाई कसरी मूल्याङ्कन गर्ने?

व्यवसायको लागि बनाइएको सञ्चालन योजनामा निम्न कुराहरू राखेर बनाइएको हुनुपर्दछ:

  • योजना बनाउनुको मुख्य उद्देश्य के हो?
  • व्यवसायको उद्देश्य पुरा गर्नको लागि गर्नुपर्ने कामहरू के के हो?
  • कामको बाडफाड गर्दा कुन कामको लागि कति समय भनेर तोकिएको हुनुपर्छ।
  • न्यूनतम वा अधिकतम उत्पादन कति हो त्यो पनि स्पष्ट हुनु आवश्यक छ।
  • योजना लागु गर्न चाहिने कर्मचारी र स्रोत तथा साधन के कति आवश्यक छ?
  • गरिरहेको कामले कस्तो प्रतिफल दिएको छ भनी मूल्याङ्कन कसरी गर्ने भनेर पनि स्पष्ट लेखिएको हुनुपर्छ।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल