व्यवसायी महिलाहरूलाई आफ्नो घर परिवार सँगै सँगै आफ्नो व्यावसायिक जीवनलाई सन्तुलन राख्न गाह्रो परिरहेको हुन्छ | व्यावसायिक जीवनलाई मात्र ध्यान दिँदा घर परिवार सँग टाढा भएर परिवार सँगै छुटिनुपर्ने स्थिति आएको घटना पनि हामीले यदाकदा सुनेकै छौँ | त्यस्तै धेरैजसोले त आफ्नो जागिर वा व्यवसाय नै छोड्नुपर्ने स्थिति पनि आउँछ  | आखिर दुवैलाई सन्तुलनमा लैजान सक्ने महिलाले नै सफल र सुखी जीवन बिताउन सक्छन्| यो लेखमा हामीले महिलाहरूको लागि पारिवारिक र व्यावसायिक जीवनलाई सन्तुलन राख्ने केही उपायहरू समेट्ने कोसिस गरेका छौँ |

१. बिहानको कामहरू हलुका बनाउनुहोस् :

बिहान गर्नुपर्ने दैनिककामहरु धेरै भयो, अनि हतारमा गर्न खोज्नुभयो भने बिहानको तनावले गर्दा दिनभरीनै काममा डीसटर्ब हुन्छ |  बिहानको कामको लागि योजना बनाउनुभएन भने  अफ्त्यारी पर्न सक्छ | त्यसैले तपाइले अघिल्लो रातनै भोलि पल्ट बिहानको लागि तयार गर्नुहोला : निम्न कुराहरू अघिल्लो दिन नै तयार गर्दा सजिलो हुन्छ :

  • व्यवसायमा लैजान आवश्यक आफ्नो सामानको झोला
  • भोलिपल्ट लगाउने लुगाहरू सबै तयार पार्ने
  • यदि बालबच्चा छन् भने उनीहरूको विद्यालयको युनिफर्म आदि तयार पार्ने
  • आइरन गर्नुपर्ने छ भने गरेर राख्ने
  • भोलिपल्टको खानाको लागि चाहिने खानेकुरा पकाउन तयार पार्ने, जस्तै चामल  केलाएर ठिक्क पार्न सकिन्छ ,तरकारीहरू काटेर राख्न मिल्ने छ भने त्यसो गर्न सकिन्छ   

२. पारिवारिक क्यालेन्डर निर्माण गर्नुहोस् : परिवारमा बसेपछि परिवारको सबै सदस्यको भूमिका उस्तै महत्त्वपूर्ण हुन्छ | पारिवारिक क्यालेन्डर निर्माण गर्नु भनेको परिवारमा आइपर्ने विभिन्न कामहरू ककसले गर्ने भनेर विभाजन गर्ने हो | सबैको व्यावसायिक जीवन र खालि समय निर्धारण गरेर क्यालेन्डर निर्माण गरियो भने कसले के गर्ने भनेर छुट्याउन सजिलो हुन्छ र परिवार सँग समय बिताउने पर्याप्त समय हुन्छ |

३. सहयोग माग्नुहोस : एक्लैले सबै कुरा गर्न सक्छु भन्नु हुँदैन | परिवारका सदायहरूको सहयोग पनि माग्नुपर्छ | घरका सबै सदस्यहरुसंग सहयोग मागेर काम गर्नाले तपाईँलाई  काममा सन्तुलन राख्न मद्दत पुग्छ |

४.कार्यालयमा जानकारी दिनुहोस : चाहे आफ्नै व्यवसाय होस् वा तपाईँ कतैको कर्मचारी , आफ्नो कार्यालयमा अन्य कर्मचारीलाई आफ्नो अवस्था जानकारी दिनुभयो भने उनीहरूले पनि त्यसमा सहयोग गर्न सक्छन् | तपाइको लागि काम गर्ने समयमा हेरफेर गर्न सकिन्छ |

५. पारिवारिक समय पनि निकाल्नुहोस : तपाइले आफ्नो परीवारसँगकोकेही समय निकाल्नुहोस | कहिले काहीँ परिवारसँग बनभोज जाने ,कतै पर्यटकीय स्थानमा घुम्न जाने आदि गर्न सकिन्छ |

६. आफ्नो रुचिमा समय दिनुहोस : यदि तपाईँलाई चित्रकला , पढ्ने वा योगा गर्ने आदि विभिन्न रुचि राख्नु  हुन्छ भने हप्ताको एकचोटी त्यस्तो रुचिलाई पनि समय दिनुहोस | यसले तपाइको दिमागलाई फ्रेस बनाउन मद्दत गर्दछ र त्यसले तपाइको उत्पादन क्षमता पनि बढाउन मद्दत गर्दछ |

 

तपाइले आफ्नो दैनिक जीवनमा केही न केही सानो परिवर्तन गर्दै लैजानु भयो भने तपाइले आफ्नो व्यावसायिक जीवन र पारिवारिक जीवनलाई सजिलै सन्तुलन राख्न सकिन्छ |

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल