Photo Source : Shutterstock

के हो व्यावसायिक योजना ?

एउटा व्यावसाय सफल हुनको लागि व्यावसायिक योजनाको ठुलो महत्व रहेको हुन्छ व्यावसायिक योजना भनेको तपाईँको व्यवसायको प्रस्ट उद्देश्य अनि उद्देश्य पुरा गर्न आवश्यक रणनीति र योजनाको विस्तृत विवरण हो ।

व्यावसायिक योजनाले कुनै पनि व्यवसाय सुरु गर्नु अघि आवश्यक लगानी जुटाउन, व्यवसायलाई सञ्चालन गर्न,  भविष्यमा व्यवसायलाई बढाएर लैजान, दिनप्रतिदिन त्यसको व्यवस्थापन गर्न र लक्ष्य लिए अनुसारको नाफा कमाउनका लागि मार्गदर्शनको काम गर्छ ।

व्यावसायिक योजना उद्यमी आफैले घरमै बसी सजिलैसँग बनाउन सक्छन् तर हिजोआज व्यावसायिक योजना बनाउन मद्दत गर्ने विज्ञहरूको सहयोग पनि लिन सकिन्छ हामीले यो लेखमा उद्यमी आफैले घरमै बसी व्यावसायिक योजना कसरी बनाउन सक्छन् भनी चर्चा गर्दै छौ

व्यावसायिक योजनामा यी कुराहरू यसरी सिलसिलेवर लेख्नुहोस्

व्यवसायको छोटो सारांश : योजनाको सबैभन्दा सुरुमा तपाईँको व्यवसायको छोंटो परिचय दिनुहोस् । यसमा तपाईको व्यवसायको नाम, प्रकार र उदेश्यको  छोंटो तर आकर्षक रुपमा व्याख्या गर्नुपर्छ ।   यसले भविष्यमा तपाईको व्यावसायीक योजना पढ्ने जो-कोहीलाई तपाईँको व्यवसायको बारेमा सुरुवाती जानकारी दिन्छ  

व्यवसायको परिचय : व्यावसायको छोटो परिचय दिईसके पछि तपाईको व्यवसायले कुन र कस्तो बस्तुको  उत्पादन र बिक्री गर्दैछ, त्यसका लागि कस्तो ठाउँ रोज्दै हुनुहुन्छ, कसको नाममा दर्ता गर्दै हुनुहुन्छ, कानुनी र प्राविधिक कठिनाइ के के छन्, भन्ने जस्ता जानकारीहरु तपाईले यहाँ दिन पर्नेहुन्छ । यसैगरि बाजारमा यस्तै प्रकारका अन्य व्यवसाय कति छन् वा छैनन्, पहिले थिए भने के कारणले सफल वा असफल भए र तपाईँले समस्यालाई चिरेर कसरी राम्रो नतिजा दिन सक्नुहुन्छ भन्ने बारेमा पनि यसै शिर्षक भित्र उल्लेख गर्नुपर्छ

बजारीकरण (मार्केटिङ्ग) को योजना र कार्यान्वयन: बजारमा कति सम्भावना छ, कति  माग र वितरण भइरहेको छ, तपाईँको उत्पादनले उपभोक्ताको अपेक्षा कसरी पुरा गर्छ, बजारमा कति प्रतिस्पर्धा र समस्याहरू छ र उक्त समस्या कसरी समाधान गर्ने योजना छ,। आफ्नो उत्पादनको लक्षित ग्राहक को हो, उत्पादनको गुणस्तर र मूल्यको बिचमा कसरी सन्तुलन राख्दै लक्ष्य लिए अनुसारको नाफा कमाउने, उत्पादनलाई बजारसम्म कसरी र को मार्फत पुर्याउने, उत्पादनलाई बाजारमा कसरी बिक्रि गर्ने, त्यसका लागि ग्राहकको विश्वास कसरी जित्ने,, जस्ता विषय यो खण्डमा समावेश गरिनुपर्छ

व्यवसाय संचालनको उद्देश्य :  तपाईँको व्यवसायले कति समयमा कति मात्रामा उत्पादन गर्ने, कस्तो प्रविधि र बौद्धिक सम्पत्तिको उपयोग गर्ने र समग्रमा कति उपलब्धि हासिल गर्ने भन्ने उद्देश्य यो शिर्षकमा समेट्नु पर्छत्यसैगरि यी उदेश्यहरु एक वर्षमा कति र , पाँच वर्षमा कति हासिल गर्ने, व्यवसायको आकार कत्रो बनाउने,यसका लागिकसले जिमेवारी बहन गर्ने, जस्ता कुरा पनि यहाँ लेखिनुपर्छ । यसो गर्नाले भविष्यमाव्यवसाय चल्दै गर्दा व्यावसायले लिएको लक्ष्य र हासिल गरेको उपलब्धिहरु बीच तुलानागत गर्दै व्यावसायलाई अझ परिस्कृत गर्दै लैजान सहज हुन्छ।, भविष्यमा कस्तो लक्ष्य राख्ने, आदिका बारेमा यस खण्डमा चर्चा गर्नुपर्छ । विस्तृतमा पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

संलग्न व्यक्तिहरु र मानवस्रोतको व्यवस्थापन : व्यवसायको लक्ष्य सोचेको समय र गुणस्तरमा हासिल गर्न त्यसका पछाडी संलग्न व्यक्तिहरुको बारेमा यहाँ उल्लेख गर्नुपर्छ । संलग्न व्यक्तिहरुमा व्यवसायका साझेदारहरु, बोर्डक सदस्यहरु, व्यवस्थापन र उत्पादानका लागि तल देखि माथिसम्म नै खटिएका व्यक्तिहरु भन्ने बुझिन्छ । यस शिर्षकमा यस्ता व्यक्तिहरुलाई व्यवसायमा संलग्न हुन र टिकाईराख्नको लागि व्यवसायले लिनुपर्ने रणनीति र योजनाहरु संलग्न गर्नुपर्छ । विस्तृतमा पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

आर्थिक व्यवस्थापन र योजना :व्यवसायमा गरिएको लगानी (रकम र अन्य सम्पत्तिहरुको) उचित प्रयोग होस् र अनावश्यक कामका लागि खर्च नहोस् र उक्त लगानीबाट व्यावसायले लक्ष्य लिएको समयमा प्रतिफल हासिल होस् भन्नका लागि राम्रोसँग आर्थिक योजना बनाउनुपर्छ । व्यवसायमा भएको लगानीको अनुपातमा कति उत्पादन र विक्री हुन्छ, नयाँ कामदार र प्राविधिक सामग्री कति राख्ने/नराख्ने, लगानीका लागि ऋण लिने कि नलिने, ऋण लिने भए कुन माध्यमबाट जुटाउने, कति लगानी गर्ने, कति रकम आपतकालिन समयका लागी छुट्याउने,, ब्यालेन्स सिट, नाफा र घाटाको लेखाजोखा कसरी गर्ने र कति समयमा व्यवसायीले गरेको लगानी उठाउने उदेश्य लिने जस्ता विषयहरू यहाँ समेट्नुपर्छ ।विस्तृतमा पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

परिशिष्ट/अनुसूची : यो अन्तिम खण्डमा योजनाको कुनै तस्बिर, माथिल्ला खण्डमा नसमेटिएका भन्ने पर्ने कैफियतहरू राख्ने गरिन्छ ।  

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल