व्यवसाय गर्न केही रकम चाहिन्छ। कुनै कुनै व्यवसाय गर्न त एकदमै धेरै रकम चाहिन्छ । यदि व्यवसाय राम्रोसँग चलेन भने राखेको रकम सबै डुबन सक्छ। व्यवसाय सुरु गर्दा व्यवसाय चल्छ कि चल्दैन भनेर थाह हुँदैन । राम्रोसँग व्यवसाय चलेन भने त्यत्रो रकम लगानी गरेको डुबेर जान सक्छ।  त्यसैले  व्यवसाय सुरु गर्दा सानो स्केलबाट सुरु गरेर चल्छ कि चल्दैन जाँच गर्ने प्रक्रियालाई लिन इन्भेस्टमेन्ट (lean investment ) भनिन्छ ।

 images

 

 

कसरी गर्ने lean Investment  ?

Lean Investment को लागि सर्वप्रथम आफूले गर्न चाहेको व्यवसाय के हो भनेर प्रस्ट हुनुपर्छ । यदि तपाईँलाई नौलो स्वादको ठुलो स्केलमा म:म पसल खोल्न मन छ भने , सानो स्केलमा थोरै लगानीबाट म:म प्पसल खोल्नुहोस । त्यो म:म पसल राम्रोसँग चल्यो भने,ग्राहकलाई तपाइले दिने नौलो स्वाद मन पर्योभने अब ठुलो स्केलमा लगानी गर्न सक्नु हुन्छ ।

के फाइदा हुन्छ ?

  • यसरी गर्ने लगानीले ग्राहकको आवश्यकता र भावना बुझ्न मद्दत गर्दछ
  • ठुलो लगानी डुब्ने सम्भावना कम हुन्छ
  • व्यवसायमा के के सुधार गर्नुपर्छ , कस्ता कस्ता योजनाल्याउँदा व्यवसाया प्रभावकारी बनाउन सकिन्छ भनेर बुझ्न सकिन्छ
  • व्यवसायमा आइपर्न सक्ने चुनौती र त्यसका समाधानका बारेमा अग्रिमरूपमा बुझ्न सकिन्छ
  • व्यवसाय गर्दा हुने गल्तीलाई कम गर्न सकिन्छ

यदि तपाईँसँग कुनै आइडिया/ सोच छ भने यसरी लिन इन्भेस्टमेन्टको माध्यमद्वारा आइडिया चल्छ कि चल्दैन भनेर जाँच गर्न सक्नुहुन्छ ।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल