Photo Source : Twitter

व्यवसायको बृद्दी सँगै यस्तो क्षण आउन सक्छ जब एक्लैले व्यवसाय धान्न  गाह्रो  पर्छ । चाहे त्यो व्यवसायको मागसंगै त्यस्को थप लगानी गर्नको लागि होस् वा आफ्नो समय नपुगेर वा आफ्नो स्वास्थ्य बिग्रिएर होस्, वा अरू कुनै कारणबस एक वा त्यो भन्दा बढी साथी चाहिनसक्छ । हामीले आफ्नो जीवनसाथी खोजेजस्तै व्यवसाय गर्नको लागि पनि राम्रो, मन मिल्ने खालको पाटनर रोज्न जरुरी छ किनभने एक्लैले सम्हाली राखेको व्यवसायमा अरू पाटनरहरू थपिँदा , कहिले काँही कुरा नमिल्न सक्छ, झगडा पर्न सक्छ र यदी पाटनर छान्दा राम्ररी ध्यान पुर्याएनौं भने भएको व्यापार पनि डुब्न सक्छ ।

आफूले रोजेको बिजनेस पाटनर ठिक छ कि छैन भनेर कसरी थाहा पाउने त? त्यसका लागि यसलेखमा केहि उपायहरूको बारेमा कुरा गरिएको छ । हामीले केही उपायहरू भेटाएका छौँ जुन निम्न दिइएको छ:

 

भरपर्दो पाटनर 

संसारमा  सबैकुरा विश्वास र भरकै आधारमा टिकेको छ । तपाईले आफ्नो बिजनेस पाटनर रोज्दा उसको भर पर्नु ठिक छकी छैन भन्ने कुरामा ध्यान दिनु पर्छ । त्यसको लागि तपाईले त्यो व्यक्तिसँग मिलेर केही कार्य सँगै गर्नु भयो भन्ने उसको बारेमा अझ धेरै कुरा थाहा पाउन सकिन्छ । यदि तपाईले चिनेको कोहि व्यक्तिले ऊ संग पहिला काम गरेको छ भने उसैलाई सोद्दा पनि हुन्छ वा उस्का नजिकका मानिसहरुसंग बुझ्ने प्रयास गर्नु पर्छ ।

आफ़ुसंग सोच मिल्ने पाटनर 

बिजनेसमा प्रगिति पाउनको लागि व्यवसायीहरुको सोच उच्च हुन जरुरी छ । जहिले पनि सकारात्मक सोच राखेर अघि बढ्नु, सबैको सम्मान गर्नु र राम्रो नराम्रो छुट्याउन सक्नु एक असल व्यवसायी को लक्षण  हो । हरेक मानिस को सोच फरक हुन सक्छ तर मूल्य र मान्यता भने मिल्न सक्छ । सोच विचार फरक भएमा कुरा मिल्न सक्दैन र ठाकठुक  पर्न सक्छ । त्येसैले आफ्नो पाटनर छान्दा उसको सोच तपाईँसँग मिल्छ कि मिल्दैन भनेर विचार गर्न जरुरी छ ।

आफुमा नभएका क्षमता र गुणहरू भएको पाटनर 

जति धेरै क्षमता भयो, उति नै फाइदा हुन्छ । जस्तै यदि तपाईसंग पढाई, लेखाइको ज्ञान छ तर विजनेसको अनुभव छैन भने तपाईले त्यस्तो पाटनर रोज्न सक्नु हुन्छ जोसँग राम्रो अनुभव छ र जसको धेरै मानिसहरूसंग सम्पर्क छ । त्यसैले पाटनर रोज्ने समयमा आफूमा नभएका कौसलहरु भएको व्यक्ति रोज्दा बिजनेसको लागि बढी फाइदा हुने देखिन्छ ।

आर्थिक अवस्था राम्रो भएको पाटनर 

तपाईँको बिजनेसमा लगानी पुगेको छैन भने त्यस्तो पाटनर रोज्नु होस् जसको आर्थिक अवस्था राम्रो छ र थप लगानी गरिदिन सक्छ ।  पाटनरले अरू केही नगरे पनि लगानी गरिदिन सक्यो भने तपाईँको बिजनेसको लागि धेरै फाइदा हुन्छ । कहिले काहिँ पाटनरले पैसा खाएर भागेको घटनाहरू सुन्नमा आउने गर्छ। आर्थिक अवस्था कम्जोर भएको पाटनरले तपाईको बिजनेसको पैसालाई आफ्नो निजी खर्चको लागि प्रयोग गर्न सक्छ जसले गर्दा बिजनेसमा थाहै नपाउने गरी चुहावट हुन सक्छ ।

व्यवसाय प्रति रुची 

तपाई आफ्नो व्यवसायलाई जत्तिको महत्व दिनुहुन्छ तपाईको पाटनरले पनि व्यवसाय प्रति उत्तिकै चाख देखाउन जरुरी हुन्छ । पाटनरसीपमा काम गर्न थालिसकेपछि तपाईले रोज्नुभएको पाटनरलाई काम प्रति रुची कम हुदै जान सक्छ। यसो हुदाँ  व्यापारमा समस्या आउने र आपसी झैझगडा उठ्ने सम्भावना आउन सक्छ। त्यसकारण गर्न लागेको काममा उसको रुची कत्तिको छ भन्ने बारे सुरुमा नै आफूले जानकारी लिनुपर्छ। यसो हुँदा दुवैको लगनशीलता काममा झल्किन्छ र व्यवसायलाई अगाडी बढाउन सजिलो हुन्छ।

सही पाटनर रोज्नाले बिजनेसमा ठुलो फड्को मार्न सकिन्छ। 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल