कुनै पनि व्यवसाय गर्न, कर्मचारी नभई हुँदैन , कर्मचारीलाइ उचित व्यवस्थापन गर्न सकिएन भने, व्यवसाय अगाडी बढ्न सक्दैन । कर्मचारीको व्यवस्थापनलाई मानबस्रोतको व्यवस्थापन भनेर पनि बुझ्न सकिन्छ । यसमा कर्मचारी, उद्यमी र व्यवसाय बिच राम्रो सम्बन्ध कसरी राख्ने भनेर योजना बनाइन्छ । यसमा व्यवसायलाई चाहिने कर्मचारीहरू छनौट गर्दाको प्रक्रियाको पनि योजना बनाईन्छ ।व्यवसायको उदेश्यलाई मिल्ने किसिमको योजना बनाइन्छ । यो योजना बनाउन भन्दा पहिले व्यवसायको वर्तमान स्थितिलाई हेरेर व्यवसायको कमजोरी र ताकतहरू पत्ता लगाई योजना बनाउन सुरु गर्नु पर्दछ।व्यवसायको आकार हेरेर छुट्टै मानब संसाघन बिभाग राख्न पनि सकिन्छ ।

व्यवसायमा मानव स्रोतको योजना किन महत्त्व छ त ?

  • सही सिप र ज्ञान नभएको व्यक्ति छनोट गरेमा कर्मचारी फेरबदल हुने सम्भावना धेरै हुन्छ र व्यवसायको खर्च पनि धेरै हुन जान्छ। यस योजनाले को ब्यक्ती कुन कामको लागि ठिक छ भनेर पत्ता लगाउन सक्छ जसले गर्दा  सही काम को लागि सही कर्मचारी लिन सकिन्छ र बारम्बार तालिम दिईरहनु पर्ने झन्झट पनि हुँदैन । यसले खर्च घटाउन पनि मद्दत गर्दछ ।
  • यदि कर्मचारी काम अनुसारको तलब नभएमा वा राम्रो जानकारी तथा सूचना आदानप्रदान नभएमा मनमुटाब हुन सक्छ तर यो योजनाले सूचना तथा जानकारीको आदानप्रदान गर्नको लागि मालिक र कर्मचारी बिच मध्यस्तकर्ताको काम गर्ने गर्दछ।
  • यो योजनाले सही व्यक्ति सही ठाउँमा राख्न सहयोग गर्ने हुनाले कम र कर्मचारीसँग वा कर्मचारी र मालिकसँग वा कर्मचारीको कर्मचारीसँग राम्रो सम्बन्ध बनाउन सहयोग गर्दछ जसबाट प्रतिस्पर्धात्मक फाइदा लिनको लागि यो योजना महत्त्वपूर्ण छ। 

स्रोत : यो लेख उद्यमी नेपाल टिमले बिभिन्न लेख तथा अनुशन्धानहरुको अध्ययन गरि तयार परेको हो

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल