Photo Source : The Himalayan Times

कुनै पनि उद्योग सुरु गर्नुभन्दा अगाडि आफूले कुन वर्गको उद्योग खोल्दै छु भन्ने जानकारी लिनुपर्छ। उद्योगको प्रकार अनुसार दर्ता गराउने कार्यालय फरक पर्न सक्छन्। त्यसको लागि लिनुपर्ने पूर्वस्वीकृति लगायत प्रकृया अलग अलग हुन पनि सक्छन्। जस्तै: कृषि तथा बनजन्य उद्योग र पर्यटन उद्योगको दर्ता गराउन प्रकृयागत रुपमा भिन्दै कागजपत्र चाहिन सक्छ। यस्तो जानकारी हुँदा उद्योग दर्ता तथा त्यससम्बन्धी अन्य प्रक्रियाहरू पुर्याउन सजिलो हुन्छ। यो लेखमा हामी उद्योगको वर्गीकरण सँगै ती कसरी फरक छन् भन्ने बारेमा स्पष्ट पार्न गइरहेका छौँ।

नेपाल सरकार उद्योग मन्त्रालयले उद्योगको प्रकृतिको आधारमा यसलाई निम्न ७ किसिममा वर्गीकरण गरेको छ:

उत्पादनमूलक उद्योग

कच्चा, अर्ध प्रशोधित, खेर गइरहेको मालसामान वा अन्य सामानको प्रयोग वा प्रशोधन गरेर नयाँ सामान उत्पादन गर्ने उद्योगलाई उत्पादनमूलक उद्योग भनिन्छ। जस्तै: जम्बो रोलबाट कटिङ्ग, स्लिटिङ्ग, परफोरेटिङ्ग तथा क्यापिङ्ग गरेर फोटोग्राफिक फिल्म रोल तयार र प्याक गर्ने व्यवसाय।

उत्पादनमूलक उद्योग दर्ता गर्ने प्रक्रियाका लागि यहाँ क्लिक गर्नुहोस्।

ऊर्जामूलक उद्योग

जलश्रोत, वायु, सौर्य शक्ति, कोइला, प्राकृतिक तेल, ग्याँस, बायो ग्याँस तथा अन्य स्रोतहरूबाट ऊर्जा उत्पादन गर्ने वा त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन/उपकरण निर्माण गर्ने उद्योगलाई ऊर्जामूलक उद्योग भनिन्छ। जस्तै: विधुत प्रसारण लाइन, विधुत वितरण प्रणाली आदि।

ऊर्जामूलक उद्योग दर्ता गर्ने प्रक्रियाका लागि यहाँ क्लिक गर्नुहोस्।

कृषि तथा बनजन्य उद्योग

कृषि तथा वन वा वनबाट पैदा हुने सामाग्रीसँग सम्बन्धित उद्योगहरू कृषि तथा बनजन्य उद्योग भित्र पर्छन्।

जस्तै: रेसम खेती तथा रेसम उत्पादन, फलफुल खेती तथा फलफुल प्रशोधन, पशुपालन, डेरी उद्योग, कुखुरा पालन, मत्स्यपालन, चिया/कफी खेती तथा प्रशोधन, जडीबुटी खेती तथा प्रशोधन, तरकारीका बीउवीजन उत्पादन, च्याउ, तरकारी खेती वा प्रशोधन, नयाँ प्रविधिद्वारा बिरुवा उत्पादन गर्ने उद्योग (टिस्यूकल्चर), ग्रिन हाउस, मौरी पालन, मह उत्पादन, रबर खेती, फुल खेती तथा उत्पादन, कबुलियती वन, एग्रोफरेष्ट्री जस्ता व्यवसायहरू यस उद्योग अन्तर्गत पर्छन्।

कृषि तथा बनजन्य उद्योग दर्ता गर्ने प्रक्रियाका लागि यहाँ क्लिक गर्नुहोस्।

खनिज उद्योग

तामा, अभ्रख, कोइला, पेट्रोल, सुन, चुन ढुङ्गा, सिसा, निकेल, पन्ना आदि खनिजका केही उदाहरणहरू हुन्। यस्ता खनिजहरूको उत्खनन वा प्रशोधन गरेर कुनै धातु वा धातु बाहेकका खनिज पदार्थ उत्पादन गर्ने उद्योगलाई नै खनिज उद्योग भनिन्छ।

खनिज उद्योग दर्ता गर्ने प्रक्रियाका लागि यहाँ क्लिक गर्नुहोस्।

पर्यटन उद्योग

पर्यटकहरूको सेवा सुविधा तथा मनोरञ्जनलाई मुख्य उद्देश्य बनाएर खोलिएका उद्योगलाई पर्यटन उद्योग भनिन्छ। पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ, रिसोर्ट, ट्राभल एजेन्सी, स्कीइङ्ग, ग्लाइडिङ्ग, वाटर र्याफ्टिङ, केवलकार कम्प्लेक्स, पोनी ट्रेकिङ, पदयात्रा (ट्रेकिङ), हट एयर व्यालुनिङ, प्यारा सेलिङ, गल्फ कोर्स, पोलो, हर्स राइडिङ, मनोरञ्जन पार्क निर्माण तथा सञ्चालन आदि व्यवसायहरू यस उद्योग अन्तर्गत पर्छन्।

पर्यटन उद्योग दर्ता गर्ने प्रक्रियाका लागि यहाँ क्लिक गर्नुहोस्।

सेवा उद्योग

ढुवानी तथा हवाई सेवा, परामर्श सेवा,अस्पताल, टेलिफोन तथा टेलिभिजन प्रसारण सेवा, फोहोर सङ्कलन सेवा, पेसागत सेवा जस्तै प्लम्बिङ, वायरिङ, बुटिक आदि सबै सेवा उत्पादन तथा प्रदान गर्ने व्यवसायहरू सेवा उद्योग भित्र पर्छन्। यस उद्योगले अन्य उद्योगहरूको तुलनामा निकै ठूलो ठाउँ ओगटेको छ।

सेवा उद्योग दर्ता गर्ने प्रक्रियाका लागि यहाँ क्लिक गर्नुहोस्।

निर्माण उद्योग

भौतिक पूर्वाधारहरूको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्योगलाई नै निर्माण उद्योग भनिन्छ।

जस्तै: सडक, पूल, रोपवे, रेल्वे, ट्रलिबस, टनेल, फ्लाइङ ब्रीज तथा औद्योगिक, व्यापारिक वा आवास कम्प्लेक्स, सभा सम्मेलन केन्द्र, ढल तथा निकास, खाने पानी पाइप लाइन आपूर्ति, इन्धन तथा ग्याँस आपूर्तिको पाइप लाइन जडान, सिँचाइ, ऊर्जा घर तथा ऊर्जा प्रसारण लाइन, स्पोर्टस कम्प्लेक्स, स्वीमिङ पुल, एयरपोर्ट, फिल्म स्टुडियो आदिका पूर्वाधार निर्माण गरेर सञ्चालन वा व्यवस्थापन गर्ने उद्योगहरू यस उद्योग अन्तर्गत पर्छन्।

निर्माण उद्योग दर्ता गर्ने प्रक्रियाका लागि यहाँ क्लिक गर्नुहोस्।

0
0
0
s2sdefault

भिडियो प्रतियोगिता- पुरस्कारमा एक लाखसम्म!

हाम्रो युट्युब!

 

 

कृषि उत्पादन यहाँ बेच्नुहोस् !