बजार योजना के हो?

व्यापार व्यवसाय गर्नलाई व्यावसायिक योजना मध्ये सबै भन्दा महत्त्वपूर्ण योजना भनेको बजार योजना हो। जसमा व्यवसायमा उत्पादन भएको सामानको बिक्री गर्ने देखि लिएर नयाँ र पुराना ग्राहकहरूलाई राम्रो सेवा तथा सुविधा कसरी दिने भन्ने बारे लेखिन्छ। यस योजनामा,आफ्नो उत्पादन बजारमा प्रवेस गर्दा कसरी नयाँ ग्राहकहरूलाई आकर्षित गर्ने भनेर पनि समेटिएको हुन्छ ।

बजार योजना बनाउदा व्यवसायीले राम्रोसंग बजारको विभिन्न पक्षको जानकारी लिनुपर्छ।  जस्तै: ग्राहकको माग के छ, आफ्नो उत्पादनको  ग्राहक कति सङ्ख्यामा हुन्छ, नयाँ प्रविधिको पहुँच के कस्तो छ जस्ता कुराहरू ध्यान दिनुपर्छ।  बजारमा आफु जस्तै उत्पादन गर्ने प्रतिस्पर्धी हरू को को छन्, उनीहरू के कुरामा अगाडी छन् , के कुरामा उनीहरू आफूभन्दा कम छन् ?  जस्ता प्रतिस्पर्धीको बारेमा पनि जानकारी राख्नुपर्छ ।

त्यसैगरी व्यवसायीले त्यस्तै व्यवसाय गर्ने ब्यक्तीहरूको अनुभव, बिसेषज्ञहरूसंग छलफल, अलिक जान्ने सुन्ने ब्यक्तीको सुझाब तथा सल्लाह पनि लिनुपर्छ।  यसले गर्दा योजनालाई उपयुक्त र सफल बनाउन मद्दत पुग्छ । यसले लगानीकर्ताको बिस्वास जित्नुका साथै प्रतिस्पर्धात्मक क्षमता पनि बढाउन सकिन्छ।

व्यवसायीले यो योजना बनाउदा आफ्नो व्यवसायको सवाल पक्षहरू (जस्तै: राम्रो मूल्य, सेवा सुविधामा गुणस्तर, ग्राहकको सन्तुष्टि आदि), कमजोरीहरू (सरकारको नीति नियम, अनुभवी नभएको कर्मचारीहरू, नमिलेको व्यवस्थापन, अव्यवस्थित ऋण आदि), अवसरहरू र चुनौतीहरू के के हुन् भनी बुझेर मूल्याङ्कन गरेर मात्र योजना बनाउनु पर्दछ । यसो गर्दा योजनालाई राम्रो तथा सफल बनाउन सकिन्छ ।

marketingplan

कसरी बनाउने बजार योजना ?

  • व्यवसायको मुख्य उद्देश्य पत्ता लगाउने : बजार योजना बनाउदा सुरुमा व्यवसायको उद्देश्य के हो त्यो पत्ता लगाउनु पर्दछ जसले गर्दा योजना के को लागि र किन बनाईदै छ भनी एउटा निश्चित लक्ष्य प्रदान गर्छ ।
  • व्यवसायको स्रोतहरूको मुल्यांकन गर्ने : व्यवसायमा भएका स्रोतहरू मूल्याङ्कन गरेर वा हेरेर योजना बनाउनु पर्दछ। जसले गर्दा ती स्रोतहरूको आधारमा बजारमा भएका वा आउन सक्ने अवसरहरू लिन सकिन्छ। स्रोतहरू भन्नाले, आफ्नो उत्पादन क्षमता कति छ,बिज्ञापन गर्नुपरेमा क्कती रकम छुट्याउन सकिन्छ, व्यवसायले दिने आम्दानि कति हो आदि ।   
  • भविष्यमा आउन सक्ने जोखिम तथा अवसरको मुल्यांकन :भविष्यमा आउन सक्ने जोखिमहरु र अवसरहरुको मूल्याङ्कन गर्नुपर्छ। यसरी योजना बनाएमा पछि गएर योजना लागु गर्दा आउन सक्ने समस्याहरू कम गर्न सकिन्छ।
  • ग्राहक पत्ता लगाउने: योजना बनाउदा आफ्नो सामान कस्तो ग्राहकलाई हो त्यो  पनि निश्चित गर्नु पर्छ। जस्तै: ग्राहक,  महिला हि कि पुरुष, कति उमेरको लागि हो, कति कमाउने ग्राहकलाई तोकिएको हो, आदि।
  • बिक्रि-वितरण :सामानको बिक्री वितरण कसरि गर्ने पनि पक्का हुनु पर्छ। जस्तै: घर घर मै पुर्‍याउने हो कि, अनलाइनबाट बिक्री गर्ने हो कि, ग्राहक आफै किन्न आउने हो आदि जस्ता कुराहरू प्रष्ट हुनुपर्छ ।  अहिले व्यवसायको अवस्था कस्तो छ, भबिष्यमा कहा कसरी बिक्रि वितरण गर्दा यसलाई अगाडी बढाउन सकिन्छ जस्ता कुराहरू ध्यान दिनुपर्छ।
  • मुल्यांकन र नियन्त्रण: मार्केटिङ योजना बनाएर त्यसलाई लागु गरिसके पछि त्यो योजनाले कस्तो काम गरिरहेको छ त्यसको जानकारी लिएर मूल्याङ्कन गरिरहनु पर्दछ, र आवश्यक परेको खण्डमा यसलाई हेरफेर गर्दै लैजानुपर्छ।

यसरी कुनै पनि उद्देश्य लिएर योजना बनाउँदा नतिजा प्रष्ट हुने, बुझ्न सकिने, पुरा गर्न सकिने, व्यवाहारिक र समय मै पुरा गर्न सकिने खालको योजना बनाउनुपर्छ।

 

स्रोत : यो लेख उद्यमी नेपाल टिमले बिभिन्न लेख तथा अनुशन्धानहरुको अध्ययन गरि तयार परेको हो।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल