नेपालमा रोजगारीका चुनौतीहरु

नेपाल सरकार घरेलु तथा साना उद्योग विभागका अनुसार आर्थिक बर्ष २०७३/७४ सम्ममा नेपालमा करिव ४ लाख साना तथा मझयौला उद्योगहरु दर्ता भएका छन् । 1 यद्दपी देशमा हाल भएका र उदाउँदा उद्यमीहरुका लागि आवश्यक हुनसक्ने जानकारीहरु, सामग्री, र संजाल सजिलै र सर्वत्र रुपमा सबैको पहुचमा उपलब्ध भएको पाईन्दैन । यसर्थ, यदी आवश्यक जानकारीहरु समयमा नै सबैको पहुचमा पुर्याउन सकेमा हामीले देशमै बसि केहि गर्न चाहनेहरु लाखौ मानिसहरुलाई उद्यमशिलताको बाटो तर्फ डोहोर्याउन सफल हुने सम्भावना देखिन्छ। एक तथ्याङ्कलाई हेर्ने हो भने, नेपाल सरकारले आर्थिक बर्ष २०७३/७४ मा मात्रै देशमै दक्ष जनशक्ति उत्पादन गर्नका निम्ति भनि करिव ६ अर्ब ९३ करोड रुपैया खर्च गरेको देखिन्छ। 2 यद्दपी हरेक दिन करिव १५०० देखि २००० मानिसहरु रोजगारीको सिलशिलामा विभिन्न देशहरुमा विदेशीई रहेका छन्, जसमध्य करिव ७४ % मानिसहरु अदक्ष कामदारको रुपमा जाने गरेको पाइन्छ ।

यसैगरि देश भित्रै भएका यस्ता सिप विकास र प्राविधिक क्षेत्रमा रोजगारी सम्बन्धि अवसरहरुको बारेमा जानकारी प्राप्त गर्ने एउटा बलियो संयन्त्र विकास भएको पाईदैन । अर्कोतर्फ हेर्ने हो भने, कुनै घरबेटीलाई साधारण बिजुली मर्मत गर्नु पर्यो वा नयाँ तातो पानीको हिटर जोड्नु पर्यो भने, उनीहरुले साथी-भाईलाई फोन लगाउनु पर्ने अथवा नजिकैको पसल चाहार्नु पर्ने बाध्यता छ । नेपालमा त्यस्तो संयन्त्र छैन जहाँ सीप भएर पनि रोजगारीको अभाव भएका मानिसहरुको विवरण एकै ठाउँमा पाईयोस् । कल्पना गरौ त्, एउटा यस्तो अनलाईन थलो होस्, जसले यी सबै समस्याहरुको हल दिन सकोस् ।

उद्यमी नेपाल

उद्यमी नेपाल विकास उद्यमी एक गैर नाफामुलक संस्थाद्वारा नेपाल सरकार, राष्ट्रिय युवा परिषद्को सहकार्यमा देशमै उद्यमी बन्न चाहने वा उद्यमशीलतामा संलग्न जोकोही महिला वा पुरुषहरुका लागि व्यावसायको सुरुवात, व्यावस्थापन र विकास गर्न सघाउने उदेश्यले ‘उद्यमी नेपाल’ नामक एक अनलाईन थलोको विकास गरिएको छ । चाहे त्यो ब्युटी पार्लर संचालन होस् या त मेसिन मर्मत गर्ने व्यावसाय, www.udhyaminepal.com एक आनलाईन थलोले यसका सबै प्रयोगकर्ताहरु र नेपाल भरबाट सामाजिक सन्जालमा पछ्याउनेहरुका लागि सजिलो नेपाली भाषामा व्यावसायका हरेक चरणका विभिन्न पक्षहरु जस्तै व्यावसायिक योजना निर्माण, फाईनान्स् , सरकारी नियमहरु र अन्य व्यवस्थापनको बिषयहरुलाई समेटेर उनीहरुलाई सुहाउदो र गुणस्तरीय सूचनाहरु एकै ठाउँबाट प्रदान गर्दछ ।

यसैगरि उक्त पोर्टलले बेरोजगार र भने जति रोजगारीको अवसरहरु नपाएका सिपालु व्यक्तिहरु जस्तै: इलेक्ट्रीसीयन, प्लम्बर, गार्डेनरलाई ग्राहकहरुसँग सहजै जोडी रोजगारीका अवसरहरु बृद्धि गर्ने उदेश्य लिएको छ । यस सेवाबाट ग्राहकहरुले आवश्यक परेको समयमा सिप भएका व्यक्तिसँग सजिलै जोडिन पनि मद्दत पुग्नेछ। यस कार्यका लागि विकास उद्यमी र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT), राष्ट्रिय सिप परीक्षण केन्द्र (NSTB) र विकास उद्यमी आपसी सहमति भई कार्ययोजना सहितको सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर भएको छ । यस पोर्टलबाट सिप नभएका र सिप अभिबृद्धि गर्न इच्छुक जोकोही व्यक्तिले सिप विकासको निम्ति थप अवसरहरुसंग जोडिन पनि सहज हुनेछ ।

0
0
0
s2sdefault

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img