सामान्य शर्तहरु

इन्टरनेट मार्फत udhyaminepal.com को प्रयोगको सेवा 'विकास उद्यमी' (गैर नाफामूलक संस्था) ले उपलब्ध गराउँदछ। उद्यमी नेपाल पोर्टलको प्रयोगकर्ताहरुका लागि विकास उद्यमीका निम्न सर्तहरू छन्:

  • तपाईँले पहिलो पल्ट udhyaminepal.com प्रयोग गर्ने बित्तिकै यी सर्तहरु तत्काल लागु हुन्छन्। यदि तपाईँ तल उल्लेखित सर्तहरू पालना गर्न तयार हुनुहुन्न भने उद्यमी नेपाल एक्सेस गर्ने, प्रयोग गर्ने वा आफ्ना कुराहरू पठाउने जस्ता अन्य कार्य नगर्नु तपाईँको रोजाई हुनेछ।
  • उद्यमी नेपालले यी नियम तथा सर्तहरू समय-समयमा परिवर्तन गर्ने गर्दछ । त्यसैले तपाईँले नियमित रूपमा यी सर्तहरू हेरिरहनु पर्दछ। तपाईँले udhyaminepal.com प्रयोग गरिरहनु भएको छ भने त्यसलाई थप गरिएका वा सुधारिएका सर्तहरूलाई पनि तपाईँले स्वीकार गरेको भन्ने बुझिनेछ। यदि परिवर्तन गरिएका कुराहरूमा तपाईँको सहमति छैन भने यो वेबसाइट प्रयोग गर्न बन्द गर्नु पनि तपाइकै रोजाई हुनेछ। यदि यहाँ उल्लिखित नियम तथा सर्तहरू udhyaminepal.com मा अन्यत्रका नियमहरूसँग बाझिएको देखिएमा पछिल्लो सर्तहरू कायम हुनेछन्।  

उद्यमी नेपाल पोर्टलको प्रयोग

तपाईँले udhyaminepal.com को प्रयोग कानूनसम्मत मात्र गर्नुहुनेछ, र यो वेबसाइट प्रयोग गर्ने अन्य कुनै पनि व्यक्तिको अधिकारलाई उल्लङ्घन गर्ने वा रोक्ने किसिमको प्रतिबन्धित कार्य नगर्न स्वीकार गर्नुहुन्छ भन्ने हाम्रो बुझाई हुनेछ। (प्रतिबन्धित व्यवहारहरूमा, अश्लील अथवा अपमानजनक सामग्रीहरू पठाएर अथवा Udhyaminepal.com मा सामान्य बहसको प्रक्रियामा अवरोध खडा गरेर अन्य व्यक्तिलाई मर्का वा अप्ठ्यारोमा पर्ने किसिमका गतिविधि पर्दछन्।)

बौद्धिक सम्पत्ति

  • Udhyaminepal.com मा रहेका सबै सामग्रीहरूको (सबै एप्लीकेशनहरू सहित) सम्पूर्ण कपीराईट, ट्रेडमार्क,डिजाइनको अधिकार, पेटेन्ट र अन्य बौद्धिक सम्पत्ति माथिको अधिकार (दर्ता गरिएको वा नगरिएको) विकास उद्यमी (संस्था) मा नै निहित रहने छ।
  • तपाईँले आफ्नो व्यक्तिगत वा गैरव्यापारिक प्रयोजनमा बाहेक Udhyaminepal.com को सामग्रीलाई नक्कल गर्ने, फेरि प्रकाशित गर्ने, ट्क्राउने, भत्काउने, उल्टोबाट फेरि जोडेर नक्कल गर्ने, डाउनलोड गर्ने, पोस्ट गर्ने, प्रसारण गर्ने, सार्वजनिक रूपमा उपलब्ध गराउने वा अन्य कार्य गर्ने पाउनुहुने छैन। तर सामाजिक सञ्जालमा udhyaminepal.com का सार्वजनिक सामग्री जस्ता-को त्यस्तै प्रयोग र प्रचार गर्न सक्नुहुनेछ।
  • तपाईँ Udhyaminepal.com को कुनै पनि सामग्रीलाई आफ्नो व्यक्तिगत, गैर व्यावसायिक प्रयोग बाहेक आफ्नै भाषा शैलीमा प्रयोग गर्ने, फेरबदल गर्ने वा अन्य किसिमका संस्करण निकाल्ने छैन भन्नेमा पनि सहमत हुनुहुन्छ।

समुदाय बारे

उद्यमी नेपालका विभिन्न समुदायहरूमा भाग लिन तपाईँले यस पोर्टलमा लग इन् गरेको हुनुपर्छ। त्यस्तो दर्ता प्रक्रियाका क्रममा Udhyaminepal.com लाई दिइएको कुनै पनि व्यक्तिगत जानकारीहरूलाई उद्यमी नेपालको गोपनीयता सम्बन्धी नीति अनुसार सङ्कलन, भण्डारण र प्रयोग गरिनेछ।

कानुनी आवश्यकता

  • कुनै गैरकानुनी काम गर्ने वा त्यसलाई फैलाउने नियतले Udhyaminepal.com  को समुदायमा सामग्रीहरू पठाउन बन्देज छ। यसको अर्थ, तपाईँले कसैको बेइज्जती हुने अथवा गैरकानुनी कुनै पनि सामग्रीहरू Udhyaminepal.com को समुदायमा पठाउनु हुँदैन। त्यस्ता सामग्रीहरु भन्नाले टेक्स्ट, तस्बिर, भिडियो, प्रोग्राम वा अडियो पर्दछन्।
  • तपाईँ आफ्नो मौलिक रचनाहरू मात्र This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा पठाउन वा यस मार्फत अरूसँग साटासाट गर्न मञ्जुर हुनुहुन्छ। तपाईँले उद्यमी नेपाल वा अन्य तेस्रो पक्षको कपीराइट, ट्रेडमार्क, व्यापारिक गोप्यता, गोपनीयता, प्रचारप्रसार, व्यक्तिगत वा व्यावसायिक अधिकारहरूलाई उलंघन गर्ने, नक्कल गर्ने वा मिच्ने गर्नुहुँदैन।

साधारण

  • यदि यी नियम तथा सर्तहरू गैरकानुनी, अवैध वा अन्य कुनै कानुनी कारणले लागू हुन नसक्ने ठहर भएमा, त्यसरी नसकिने हदसम्मका बुँदाहरू यी सर्तहरूबाट हटाइनेछन् तर बाँकी सर्त तथा नियमहरू जीवितै रहनेछन् र ती बाध्यकारी रूपमा लागू हुनेछन्।
  • यदि यी नियम तथा सर्तहरूमा उल्लिखित अधिकारहरू लागू गर्न वा पालना गराउन उद्यमी नेपाल तत्काल असमर्थ भएमा वा ढिलो भएमा त्यसको अर्थ त्यस्तो नियम लागू गर्ने उसको अधिकार समाप्त भएको भने मानिने छैन।
  • यी नियम तथा सर्तहरू नेपालको कानुन अनुसार अर्थ्याइने वा लागू गरिने छन्, कुनै पनि विवाद उत्पन्न भएमा ती कानुनहरूको मान्यता सबैभन्दा माथि रहने छ।
0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img